नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7111 · वि.सं. २०५९
नि.नं. 7111 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१),(२) वमोजिमको उत्प्रेषणको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मौलिक हकमा अनुचित वन्देज लगाएको वा संविधानसंग वाझिएको छ भन्नु मात्र संविधानको धारा ८८(१) अन्तर्गतको न्यायिक पुनरावलोकनको निवेदनमा प्रर्याप्त हुँदैन । त्यसको कारण समेत स्पष्ट उल्लेख हुनुपर्दछ र सो अनुसार सम्बन्धित कानूनको संवैधानिक परिक्षण हुने हो। तसर्थ शिक्षा ऐन, २०२८ को दफा ११ झ. को कानूनी व्यवस्था संविधानसंग वाझिएको भन्ने जिकिर निवेदकको वस्तुगत आधारबाट पुष्टी नभएको अवस्थामा गरिएको कानूनी व्यवस्थालाई अमान्य र वदर घोषित गरीरहनु नपर्ने । § मिति २०५७।७।२४ गतेको राजपत्रमा प्रकाशित भै सोही मितिवाट नै लागू भै सकेको राष्ट्रिय सेवा आयोग नियमावली, २०५७ को नियम , ५५ द्वारा शिक्षा नियमावली, २०४९ को नियम २५ पूरै खारेज भैसकेको देखिन्छ । उक्त खारेज भै सकेको नियम २५ को उपनियम (५),(५क), (५ख) र (५ग) ले उम्मेदवारको नामावली प्रकाशीत गर्ने संवन्धी, पुनर्योग सम्बन्धी कार्यविधिगत कुराहरुको मात्र व्यवस्था गरेको र त्यस्तो कार्यविधिगत कुराले संविधानद्वारा प्रदत्त धारा ११,१२,१६ र १७ वमोजिमको अधिकारमा प्रतिकूल असर पारेको नदेखिंदा अमान्य र वदर घोषित गरीरहनु नपर्ने । § नियमको कानूनी व्यवस्था संविधान प्रतिकूल भनी सो वमोजिम लिइएका शिक्षकहरुको लिखित परीक्षा र सो को नतिजा एवं राष्ट्रिय शिक्षक सेवा आयोगले गर्न लागेको अन्तर्वार्ता लगायतको सम्पूर्ण काम कारवाही समेत वदर गरी पाऊँ भन्ने निवेदन जिकिर स्विकारयोग्य मान्न नमिल्न। (प्र.नं. १२ देखि १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7111 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१),(२) वमोजिमको उत्प्रेषणको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2059/08/19 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7111 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
