नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7109 · वि.सं. २०५९

नि.नं. 7109 — उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी हक प्रचलन गराई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले स्थानीय निकायहरुलाई आफनो कार्य संचालन गर्ने प्रयोजनसम्मका लागि विनियम वनाउने अधिकार प्रदान गरेको अवस्थामा ऐन र नियम तोकिए भन्दा थप सेवा वा वस्तु कर वा सेवा शुल्क नै लगाउने गरी विनियमावली बनाउने अधिकार स्थानिय निकायहरुलाई प्राप्त भएको भन्न नमिल्ने। § सम्बन्धित ऐन र नियमले के कुन वस्तु वा सेवामा के कति दरमा सेवा शुल्क वा कर लगाउन सक्ने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरिसकेपछि सो भन्दा बाहेकका सेवा वा वस्तुमा कुनै पनि नामबाट कर वा दस्तुर लगाउन सक्ने अधिकार नभएको अवस्था हुँदाहुँदै कार्य संचालन गर्ने सम्मको प्रयोजनका लागि बनाउन पाउने अधिकार अन्तर्गत बनाइएको विनियमावली अनुसार सम्बन्धित ऐन र नियममा उल्लेख नै नभएको चिरानी काठ तथा गोलिया काठको निकासीमा समेत सेवा शुल्क वा जुनसुकै नामबाट कर, दस्तुर वा सेवा शुल्क लगाउन सक्ने अधिकार स्थानीय निकायलाई प्राप्त भएको नदेखिने । § जिल्ला विकास समिति कंचनपुरको स्थानीय विकास शुल्क विनियमावली, २०५९ को विनियम ६ को (२) र (३) संविधानको धारा ७३(१) एवं स्थानिय स्वायत्त शासन ऐन, २०५५ र स्थानिय स्वायत्त शासन नियमावली, २०५६ समेतको प्रतिकूल देखिंदा रिट निवेदन जिकिर वमोजिम संविधानको धारा ८८(१) वमोजिम प्रारम्भ देखि नै अमान्य र वदर घोषित हुने। (प्र.नं. ९ र १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7109
मुद्दाको विषयउत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी हक प्रचलन गराई पाउँ ।
निर्णय वर्ष / मिति2059/06/15
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7109
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्