नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7108 · वि.सं. २०५९
नि.नं. 7108 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) वमोजिमको उत्प्रेषणयुक्त आदेश जारी गरीपाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पनि निकाय वा संस्थामा कुनै पनि पदका लागि के कस्तो न्यूनतम शैक्षिक योग्यता भएको जनशक्ति आवश्यक पर्ने हो र त्यस्तो न्यूनतम शैक्षिक योग्यता समयानुकुल के कस्तो परिवर्तन गर्नु पर्ने हो संवन्धित विधायिकी अधिकार प्रयोग गर्ने निकायको नीतिगत कुराहरु हुने । § समानताको मौलिक हक पनि निरपेक्ष समानताको हक नभै सापेक्ष समानताको हक भएको परिप्रेक्षमा जुनसुकै बिषयमा स्नातकोत्तर गरेको व्यक्तिहरु बिच जहाँ सुकै पनि निरपेक्षरुपले समानता हुनुपर्ने भन्ने कुरा संविधान सम्मतको जिकिर नदेखिने। § प्रत्यायोजित विधायिकी अधिकार प्रयोग गरी नेपालराष्ट्र बैंकले आफ्नो वैंकमा अधिकृत श्रेणीको खुल्ला प्रतियोगिताद्धारा पूर्ति गर्दा चाहिने न्यूनतम शैक्षिक योग्यता बैंकको आफ्नो कार्य प्रकृति आवश्यकता अनुरुप केही निश्चित बिषयहरुमा स्नातकोत्तर उतिर्ण हुनुपर्ने गरी तोकेको नियमावलीको प्रावधान संविधान प्रतिकूल भएको भन्न नमिल्ने। § काम गरेका अनुभव प्राप्त व्यक्ति र नवप्रवेशी व्यक्तिलाई समान अवस्थाका भनि मान्न नमिल्ने हुँदा संविधानको धारा ११(१) संग वाझिएको मान्न नमिल्ने भनि। § विशेष इजलासवाट विवादको निरुपण भै सकेको देखिंदा सोही बिषयलाई पुनः विवादको रुपमा उठाई आएको प्रस्तुत रिट निवेदनमा पुनरोक्ति गरी संविधान सम्मत भए नभएको भनि न्यायिक पुनरावलोकन गर्नु औचित्यपूर्ण नदेखिने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7108 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) वमोजिमको उत्प्रेषणयुक्त आदेश जारी गरीपाउं । |
| निर्णय वर्ष / मिति | 2059/08/12 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7108 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
