नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7107 · वि.सं. २०५९

नि.नं. 7107 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) अन्तर्गत संविधानसँग वाझिएको कानून अमान्य एवं वदर घोषित गरीपाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संविधानले कुनै खास किसिमका मुद्दाहरु हेर्न खास किसिमका अदालतहरु स्थापना गर्न सक्ने व्यवस्था गरिरहेको परिप्रेक्षमा निर्वाचन (अपराध र सजाय) ऐन, २०४७ ले निर्वाचन विशेष अदालत गठन गर्न सक्ने गरी गरेको व्यवस्थालाई अन्यथा भन्न नसकिने। § निर्वाचन (अपराध र सजाय) ऐन, २०४७ को दफा २३ कुनै खास मुद्दा विशेषका लागि खास अदालत गठन गर्ने सम्बन्धी व्यवस्था गरको नभई संविधानको धारा ८५(२) र १०६ अनुरुप नै निर्वाचन सम्बन्धी मुद्दाहरु हेर्नका लागि निर्वाचन विशेष अदालत गठन गरेको हो।धारा ८५ को उपधारा (२) मा “स्थापना” र “गठन” भन्ने अलग अलग शब्दावलीको प्रयोग भएका कारणले मात्र संविधानको धारा १०६ अनुरुप छुट्टै कानूनी व्यवस्थाद्वारा अदालत गठन भएकोले निर्वाचन (अपराध र सजाय) ऐनको दफा २३ को सन्दर्भमा “स्थापना” र “गठन” शब्दको प्रयोगले मात्रै कुनै तात्विक फरक नपर्ने । § निर्वाचन विशेष अदालत गठन गर्ने सम्बन्धी दफा २३ र यस्तो अदालतको कार्यविधि, कार्यावधी इत्यादि प्रावधानहरु रहेका उल्लेखित दफा २०, २१, २२, २५, २९ र ३१ समेत संविधानको धारा ८५(२) सँग बाझिएको भनी अमान्य र वदर घोषित गर्न नमिल्ने। § श्री ५ को सरकारले कुनै एउटा खास मुद्दाका लागि विशेष अदालतको रुपमा निर्वाचन अदालत तोकेको नभई सम्बन्धित पुनरावेदन अदालत अन्तर्गतका जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रका निर्वाचन सम्बन्धी सम्पूर्ण मुद्दाहरु हेर्न सक्ने गरी संविधानको भावना अनुरुप निर्मित ऐनले दिएको अख्तियारी अन्तर्गत नै गठन गरेको देखिंदा रिट निवेदकले निवेदनमा जिकिर लिए जस्तो गोश्वारा रुपमा अदालत गठन गरिएको अवस्था समेत नदेखिने । § संविधान र कानून वमोजिम नै श्री ५ को सरकारद्वारा मिति २०५६।१।२० को राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन अदालतहरु गठन गरेको देखिंदा सो सूचना एवं सो अनुसार गठित निर्वाचन अदालतहरु समेत संविधानको धारा ९२ समेतको प्रतिकूल भन्न नमिल्ने। (प्र.नं. १३ देखि १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7107
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) अन्तर्गत संविधानसँग वाझिएको कानून अमान्य एवं वदर घोषित गरीपाउं ।
निर्णय वर्ष / मिति2059/04/30
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7107
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्