नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7106 · वि.सं. २०५९
नि.नं. 7106 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीको घर कोठामा वारदात नै नभएको भन्ने पुनरावेदन जिकिर लिएता पनि मिसिल संलग्न प्रमाणहरुवाट प्रतिवादीकै घर कोठामा वारदात भएको पुष्टि भै रहेको देखिंदा सो जिकिर सत्य, र साँचो नदेखीने । § वारदात भएको कोठावाट वरामद भएका कपडाहरुमा लागेको दागको रसायनिक परिक्षण गर्दा समेत मान्छेको रगत र धेरै जनाको विर्य भएको भन्ने प्रतिवेदन समेत सामूहिक करणी गरी मारेको पुष्टि हुने । § आफ्नो घर कोठामा भएको वारदातलाई पनि थाहै नपाएको भन्ने पुनरावेदन जिकिर विश्वसनिय नदेखीने । (प्र.नं.६८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7106 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2059/02/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7106 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
