नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7105 · वि.सं. २०५९
नि.नं. 7105 — उत्प्रेषण मिश्रीत परमादेश, प्रतिषेध लगायत अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजामती सेवा ऐन, २०४९ को दफा ६२(१) वमोजिम विभागीय सजाँयको आदेश दिन पाउने अधिकार समेत अख्तियारवालाई नै प्रदान गरी रहेको अवस्थामा दफा ६४(३) वमोजिम निलम्वनको अवधि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अख्तियारवालालाई स्वविवेकी र तजविजी अधिकारको रुपमा प्रदान गरेको देखिने । § श्री ५ को सरकारको मिति २०५८।५।१४ को निर्णय अनुसार पहिलाको निलम्वन अवधिमा कारवाही किनारा लगाउन नसकिने परिस्थिति पर्न आएको भनि उल्लेख भै बढाएको देखिन आएबाट श्री ५ को सरकारले स्वेच्छाचारी रुपमा तजविजी र स्वविवेकीय अधिकारको प्रयोग गरी निलम्वन अवधि बढाएको भन्ने जिकिर कानूनसम्मत नदेखिंने । (प्र.नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7105 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रीत परमादेश, प्रतिषेध लगायत अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2058/06/15 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7105 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
