नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7104 · वि.सं. २०५९
नि.नं. 7104 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) अमान्य र वदर घोषित गरी पांऊ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुन अपराधमा कस्तो किसिमको कानूनी व्यवस्था गर्नुपर्ने हो भन्ने कुरा नितान्त रुपमा विधायिकाको अधिकारक्षेत्र भित्रको विषय हुनाले विधायीकी विवेक (Legislative Wisdom) का सम्वन्धमा यस अदालतले प्रश्न गर्नु उचित नहुने । § कुनै विशेष ऐनद्वारा तत्सम्वन्धमा गरिएको विशेष व्यवस्थालाई सामान्य ऐनको सन्दर्भमा हेर्न नमिल्ने । § मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. मा विषय विषयमा छुट्टाछुट्टै वनेका कानूनमा लेखिए जतिमा सोही कानून वमोजिम र सो कानुनमा नलेखिएकोमा यही मुलुकी ऐन बमोजिम गर्नु पर्छ भन्ने व्यवस्था भएको हुंदा सो अनुसार पनि विशेष कानून बनी तत्सम्बन्धमा छुट्टै व्यवस्था भएको अवस्थामा अ.वं. ११८ नं को प्रावधान आकर्षित नहुने र सोही विशेष कानून अनुसार नै कामकारवाही गर्नुपर्ने । § भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) नेपाल अधिराज्यको संविधानको धारा ११ अन्तर्गत समानताको हकसंग वाझिएको भनी अमान्य गर्न नमिल्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7104 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) अमान्य र वदर घोषित गरी पांऊ । |
| निर्णय वर्ष / मिति | 2058/05/20 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7104 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
