नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7103 · वि.सं. २०५९
नि.नं. 7103 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक प्रतिवादीले आफ्नो नाममा रहेको जग्गा २०५१ साल पौष मसान्त सम्ममा वादीलाई पारीत गरिदिने भाखा राखी रु.५०००। वुझी लिई मिति २०५१।८।१७ मा लिखत गरिदिएको अवस्थामा पुनरावेदन जिकिर वमोजिम तत्काल प्रचलित करार ऐन, २०२३ को दफा १८(२)(ग) वमोजिमको हदम्याद आकर्षित हुने § प्रस्तुत मुद्दाको फिराद लेनदेन व्यवहारको ४० नं. ले लिखत भएको मिति २०५१।८।१७ को २ वर्ष भित्र परेको देखिंदा हदम्याद नाघी फिराद परेको भन्न नमिल्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7103 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2058/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7103 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
