नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 704 · वि.सं. २०२९
नि.नं. 704 — गलत लिखत तयार गरी आफ्नो नियन्त्रणको सम्पत्ति मसौट गरे भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको पदको राष्ट्रसेवक नभई अरु पदमा बहाल रहेको राष्ट्र सेवक देखिन आए भ्र.नि.ऐन, २०१७ को दफा ९ को कसूर अन्तर्गत नपर्ने । सर्वप्रथम विल सच्याएको भन्ने कसूर भ्र.नि.ऐन, २०१७ को दफा ९ अन्तर्गत पर्ने नपर्ने के हो भन्नेतर्फ उक्त दफा ९ अध्ययन गर्दा लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको कुनै राष्ट्रसेवकले राष्ट्र वा श्री ५ को सरकार वा सरकारी मान्यताप्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई हानी पुर्याउने खास बदनियतले वा हानी पुग्छ भन्ने जानीजानी कुनै लिखत तयार गर्दा वा अनुवाद गर्दा गलतसँग वा गलत छ भन्ने जानीजानी तयार गरेमा वा अनुवाद गरेमा सजाय गर्ने व्यवस्था भएको पाइन्छ । लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको राष्ट्रसेवकहरूको हकमा सम्म उपरोक्त उल्लिखित कसूर गरेमा उक्त दफा ९ प्रयोग हुनसक्ने उक्त दफामा उल्लिखित वाक्यांशहरूबाट प्रष्ट हुन्छ । तदनुसार प्रतिवादी नेपालकुमार लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको पदको राष्ट्रसेवक नभई घरेलु तालिमकेन्द्रको एउटा शिक्षक पदमा बहाल रहेको राष्ट्रसेवक देखिन आएकोले निज नेपालकुमार उपर लगाइएको विल सच्यायो भन्ने कसूर उपरोक्त दफा ९ अन्तर्गत पर्न आउने देखिएन । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 704 |
|---|---|
| मुद्दाको विषय | गलत लिखत तयार गरी आफ्नो नियन्त्रणको सम्पत्ति मसौट गरे भन्ने |
| निर्णय वर्ष / मिति | 2029/05/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 704 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
