नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 703 · वि.सं. २०२९

नि.नं. 703 — प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क)–फुल बेञ्चमा रायबाझी भई आएकोमा राय बाझिएको कुराले समुच्चै कुरामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेको सम्म विषयमा निर्णय दिए हुने । यस बेञ्चबाट मुद्दाका सम्पूर्ण विषयमा निर्णय दिनुपर्ने या डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेको विषयमा सम्म निर्णय दिए हुने के हो भन्ने हकमा फुल बेञ्चबाट हेरिने मुद्दाहरूको सम्बन्धमा व्यवस्थित सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) मा डिभिजन बेञ्चका न्यायाधीशहरूको राय नमिलेको भन्ने उल्लेख भएबाट यस्तो रायबाझी भइआएकोमा सो राय बाझिएको कुराले समुच्चै मुद्दामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेकोसम्म विषयमा फुल बेञ्चबाट निर्णय दिए हुने देखिन्छ । (प्रकरण नं. ९) (२) प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी मालधनीलाई फिर्ता दिलाउन मिल्ने नदेखिने । तत्सम्बन्धमा मा.न्या. श्री हेरम्बराजको रायमा उक्त हेमलक्ष्मी अंकित आर्यताराको मुर्ति चोरीको माल भनी प्रहरी प्रतिवेदनमा लेखिएको भन्ने मुख्य आधारमा मालधनीलाई फिर्ता दिने भन्ने ठहर गर्नुभएको रहेछ । कुनै पनि चिज चोरीको हो भनी कायम गर्नलाई कानूनबमोजिम पहिले चोरीमा मुद्दा चली अदालतको निर्णयबाट चोरी कायम भएको हुनुपर्छ । अनिमात्र चोरीको माल भन्न ठहराउन मिल्ने हुन्छ । सोअनुसार चोरीमा मुद्दा चलाएको र उक्त मुर्ति चोरीको ठहरी अदालतबाट निर्णय भएकोसमेत नदेखिएको र मालधनीले फिर्ता पाउनुपर्छ भन्नेतर्फ वादी श्री ५ को सरकारको पुनरावेदन परिआएकोसमेत नहुनाले प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी यसै मुद्दाबाट मालधनीलाई फिर्ता दिलाउन मिल्ने देखिँदैन । त्यसकारण चोरीको माल भनी मालधनीलाई फिर्ता दिने गर्नु भएको मा.न्या.श्री हेरम्बराजको रायमा सहमत हुन मिलेन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.703
मुद्दाको विषयप्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने
निर्णय वर्ष / मिति2029/04/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 703
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्