नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 702 · वि.सं. २०२९
नि.नं. 702 — आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) संस्थाबाट जिम्मा लिएको रकमवापत दाखिल गर्न नसके संस्थाले कानूनबमोजिम नालिस गरिलिन सक्ने, त्यसतर्फ भ्रष्टाचार गरेको भन्न नमिल्ने । नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरी पुनरावेदक श्यामबहादुर समेत रोहवरमा रही श्री ५ को सरकार (विशेष प्रहरी विभाग) को तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाका विरुद्ध अभियोग लागेको रकममध्ये मालपोत यो उजूर परिसकेपछि दाखिल गराएकोलाई अघि सो रकम हिनामिना गरी उजूर परेपछि मात्र दाखिल गराएकोबाट प्रतिवादीलाई सफाई हुन नसक्ने पञ्चायतको रजिष्टर श्रेस्तामा पञ्चायत घर बनाउँदा खर्च भएको सहकारीको रकमलाई प्रधानपञ्चको निजी रकम भनी लेखाएको, पछि सो रकम सोधभर्ना हुँदा खाने विचार गरेको देखिने भन्नेसमेत विद्वान सरकारी अधिवक्ताले वहस गर्नुभयो । सहकारी विक्री तथा ऋण संघ लिमिटेडको रकमतर्फ सो संस्थाबाट पुनरावेदकले जिम्मा लिएको रकम वापस दाखिल गर्न नसकेमा सो संस्थाले कानूनबमोजिम नालिस गरी लिनसक्ने कुरा भएको हुनाले त्यसतर्फ भ्रष्टाचार भई गरिसकेको भन्ने मिलेन । मालपोतको रकम पनि दाखिल गर्न दिइराखेको भनी पुनरावेदकले कागज बयानमा उल्लेख गरेका व्यक्ति टेकबहादुरबाट दाखिल हुन आएको हुनाले प्रतिवादीले हिनामिना गरेको भन्ने देखिएन अरु पञ्चायतको रकम पञ्चायतकै कर्मचारीको तलवमा खर्च भएको भन्ने भरपाई कागजहरूबाट देखिन आएको, पञ्चायतले पनि आवश्यक परे नालिस गर्न सक्ने हुनालेसमेत प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाले भ्रष्टाचार गरेको नदेखिने हुँदा बागमती विशेष अदालतले प्रतिवादी पुनरावेदकलाई विगोसमेत तिराउने गरी गरेको २०२५।३।३१।१ को फैसला मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 702 |
|---|---|
| मुद्दाको विषय | आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने |
| निर्णय वर्ष / मिति | 2028/09/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 702 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
