नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 700 · वि.सं. २०२९

नि.नं. 700 — राजकाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सरकारी मुद्दासम्बन्धी (चौथो संशोधन) ऐन, २०२४ को दफा ४ द्वारा थप दफा ७ (क)–सरकारी मुद्दासम्बन्धी ऐनको संशोधन सहित अनुसूची १ वा २ भित्र नपरी सरकार वादी देखिन नआएका मुद्दामा प्रतिवादीहरू उपर लगाइएको अभियोग अरु ऐनअन्तर्गत कारवाई गर्न अदालतले आदेश दिई सरोकारवाला व्यक्तिले सकारे, खडा भइराखेकै मिसिलबाट कानूनबमोजिम किनारा गर्नुपर्ने उक्त ऐनको मनसाय । यसै मिसिलबाट सरकारी मुद्दासम्बन्धी (चौथो संशोधन) ऐन, २०२४ को दफा ४ द्वारा थप दफा (क) अनुसार गर्न मिसिल जिल्ला अदालतमा पठाउन मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेकोले त्यसतर्फ यस बेञ्चबाट निर्णय दिनु पर्ने भई हेर्दा उक्त थप दफा ७ (क) मा यो ऐनबमोजिम श्री ५ को सरकार वादी भई दायर भएका कुनै मुद्दा अनुसूचि १ वा २ भित्र नपर्ने भन्ने देखिएमा अदालतले आदेश दिई सरोकारवाला व्यक्तिलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी सोही मुद्दाको मिसिलबाट प्रचलित नेपाल कानूनबमोजिम कारवाई किनारा गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । उपदफा ७ (क) मा सोही मुद्दाको मिसिलबाट कारवाई किनारा गर्नुपर्छ भन्ने उल्लेख भएकोले सरकारी मुद्दासम्बन्धी ऐनको संशोधन सहित अनुसूचि १ वा २ भित्र नपरी सरकार वादी देखिन नआएको मुद्दामा प्रतिवादीहरू उपर लगाइएको अभियोगमा अरु ऐनअन्तर्गत कारवाई गर्न अदालतले आदेश दिई सरोकारवाला व्यक्तिलाई झिकाई निजले सकार गरेमा खडा भइराखेकै मिसिलबाट प्रचलित नेपाल कानूनबमोजिम कारवाई किनारा गर्नुपर्ने उक्त ऐनको मनसाय प्रष्ट देखियो । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.700
मुद्दाको विषयराजकाज
निर्णय वर्ष / मिति2029/03/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 700
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्