नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6999 · वि.सं. २०५८
नि.नं. 6999 — कस्तुरी मारी विना बिक्री सम्बन्धमा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ७० दिन भित्र पुनरावेदन गर्न नसकेको कारण देखाई अ.वं. ५९ नं. अन्तर्गत उक्त ७० दिन गुज्रेको मितिले ३० दिन भित्र थमाइ पाउन निवेदन दिई म्याद थमाइ २०५१।५।९ मा मात्र प्रतिवादीहरुले पुनरावेदन दर्ता गराएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१(३) मा त्यस्तो फैसला उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भइरहेको पाइन्छ । तर ७० दिनको पुनरावेदन म्याद दिएकोले ७० दिन भित्र पुनरावेदन लाग्ने हो कि भन्नेतर्फ विचार गर्दा कानूनद्वारा तोकिएको म्याद भन्दा घटि बढी हुने गरि पुनरावेदन गर्ने म्याद दिंदैमा त्यसरी दिएको म्याद भित्र पुनरावेदन लाग्ने नभई कानूनद्वारा निर्दिष्ट गरिएको म्याद भित्रै पुनरावेदन गर्नु पर्ने हुन्छ । विधायिकाबाट ऐनमा नै प्रष्टरुपले तोकि दिएको पुनरावेदन गर्ने म्याद अन्यथा हुने गरी घटी बढी उल्लेख गर्दैमा त्यस्तो घटी बढी कायम रहन सक्ने नभई कानूनद्वारा निर्दिष्ट मँयद नै कायम हुने हुँदा सम्बन्धित मुद्दाका पक्ष विपक्षले पनि कानूनद्वारा निर्दिष्ट म्यादलाई नै अनुशरण गरी सोही म्याद भित्रै पुनरावेदन गर्नुपर्ने हुन्छ । § प्रस्तुत मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१(३) द्वारा निर्दिष्ट ३५ दिन म्याद भित्र प्रतिवादीहरुले पुनरावेदन नगरी २०५१।२।२ मा तामेल भएको पुनरावेदन गर्ने म्यादबाट ३५ दिन र अ.वं. ५९ नं. ले थमाउन पाउने म्याद ३० दिन नघाई २०५१।५।१९ मा आयर मात्र दायर भएको देखिंदा त्यस्तो पुनरावेदन ग्रहण गरी इन्साफ गर्न नमिल्ने भई पुनरावेदनै खारेज गर्नुपर्नेमा सो नगरी इन्साफ गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिएकोले उल्टी हुने । (प्र.नं. १९ र २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6999 |
|---|---|
| मुद्दाको विषय | कस्तुरी मारी विना बिक्री सम्बन्धमा । |
| निर्णय वर्ष / मिति | 2057/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6999 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
