नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6997 · वि.सं. २०५८

नि.नं. 6997 — लागू औषध फेन्सिडल

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालत समक्ष पुनरावेदिका प्रतिवादीले निजको साथबाट फेन्सिडील बरामद भएको र उक्त अवैध लागु औषधको कारोवार गर्ने गरेको भन्न निजको प्रहरी समक्षको बयान सत्य होइन । प्रहरीले कुटपिट गरी सहीछाप गराएको हो भनि अभियोग दावीको कसूर गरेकोमा इन्कार रहि बयान गरेको देखिएतापनि प्रहरीको कुटपिटबाट निजलाई लाग्न गएको घाउ–चोट समेत देखाई सो को जाँच गरि पाउँ भन्ने भनाइ समेत रहेको नदेखिनुका साथै प्रहरीले निजलाई कुटपिट गरि झुठ्ठा व्यहोराको बयानमा सहिछाप गराउनु पर्ने सम्मको आधारसमेत खुलाउन सकेको पाइदैन । बरु बरामद मिति र समयमा वारदातस्थल मै रहेको भन्ने निज प्रतिवादीको अदालत समक्षको वयानको अंश निज प्रतिवादी आफै रोहवरमा बसी सहिछाप गरेको बरामदी मुचुल्का , बरामदी मुचुल्काको काम तामेल गर्ने प्रतिवेदक मध्येका जसमान राईले अदालत समक्ष बरामदीलाई पुष्टी हुने गरी गरिएको बकपत्र, बस्तुस्थिति मुचुल्का, समेतका मिसिल संलग्न प्रमाणबाट सिलसिलेवार रुपमा घटनाक्रम उल्लेख गरि व्यहोरा लेखाई दिएको निज प्रतिवादी कान्छी भन्ने फुलमाया तामाङको प्रहरी समक्षको वयान पुष्टी भैरहेको देखिंदा आधार प्रमाणविहीन निजको अदालत समक्षको इन्कारी वयान विश्वासनीय रहेछ भनि मान्न मिल्ने हुन आएन । १० बोतल फेन्सिडिल निज पुनरावेदक प्रतिवादीकै साथबाट बरामद भएको प्रमाणित भएको अवस्थमा निजले सो फेन्सिडिल भएको अवस्थामा निजले सो फेन्सिडिल स्वास्थ्य उपचारको लागि चिकित्सकको अनुमतीले कानून बमोजिम राखेको वा राख्न पाउने हो भन्ने जिकिर लिएको पनि देखिदैन । त्यसैगरि बरामद भएको फेन्सिडिलको मात्रा हेर्दा सामान्य रुपले स्वास्थ्य उपचारको लागि राख्न सकिने अवस्थाको रहेको पनि पाइदैन । लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ बमोजिम कुनै व्यक्तिका साथमा कुनै लागु औषध भएको फेला परेमा सो कानून बमोजिम राखेको हो भन्ने प्रमाणित गर्ने भार निज उपर नै रहने भै सोलाई अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्ने अवस्था नदेखिने । (प्र.नं. २७ र २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6997
मुद्दाको विषयलागू औषध फेन्सिडल
निर्णय वर्ष / मिति2057/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 6997
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्