नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6996 · वि.सं. २०५८
नि.नं. 6996 — लुटपीट
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यस अदालत संयुक्त इजलासबाट अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउेन आदेश हुँदा हदम्याद सम्बन्धमा लिईएको आधारलाई हेर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १४, बचाउ र खारेजी शिर्षकमा “यस ऐन बमोजिम कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिम कार्यविधि नअपनाई अन्य प्रचलित कानून बमोजिम सामान्य कार्यविधि अपनाएको रहेछ भने सो कारणले मात्र भैसकेको कारवाही वदर हुने छैन” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदन अदालतले सामान्य कार्यविधि अपनाई पुनरावेदन दर्ता गरि फैसला समेत गरेको हुँदा सो आधारमा उक्त कारवाही वदर गर्नु पर्ने अवस्थाको देखिएन । § मिति २०४९।९।९ गते अन्दाजी १०:३० बजेको समयमा प्रतिवादीहरु वादीको घर आँगनमा प्रवेश गरी वादीलाई कुटपिट गरी धान, चामल लोटा र वाल्टिन समेत लुटी लगेको देखेको हुँ भनी लुटी लगेको सामान र प्रतिवादीहरुको नाम समेत उल्लेख गरी किटानी वकपत्र गरी वादी दावीलाई पुष्टि हुने गरी लेखाई दिएको पाइन्छ भने रीसइवीको कारण मुद्दा दिएको भन्ने केही प्रतिवादीहरु र वारदातका दिन सो ठाउँमा नरहेको भन्ने केही प्रतिवादीको प्रतिउत्तर जिकिरलाई पुष्टि हुने गरी प्रतिवादीहरुका साक्षीहरुले वकपत्र गरी लेखाई दिन सकेको पाइदैन । सोही मितिको वारदात देखाई यिनै वादी प्रतिवादी बीच चलको फौ.पु.नं. ६६१ को कुटपिट मुद्दामा यि प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०५२।३।१ मा फैसला भई अन्तिम भै बसेको समेतबाट वादीले उल्लेख गरेको मिति २०४९।९।९ मा वारदात भएको कुरालाई सो कुटपिट मुद्दा र वादीका साक्षीहरुको वकपत्र समेतले पुष्टि गरेको देखिन्छ । यसरी वादी दावीलाई समर्थन हुने गरी वादी पक्षका साक्षीबाट किटानी वकपत्र भएको र कुटपिट मुद्दाबाट वारदात समेत स्थापित भइरहेको अवस्थामा लुटपिट ठहराउनु पर्नेमा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी लुटपिट नठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेकोले उल्टी भई वादीको पुनरावेदन जिकिर बमोजिम उपरोक्त पाँचजना प्रतिवादीहरुले लुटपिट गरेको ठहर्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6996 |
|---|---|
| मुद्दाको विषय | लुटपीट |
| निर्णय वर्ष / मिति | 2057/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6996 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
