नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6995 · वि.सं. २०५८
नि.नं. 6995 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक प्रतिवादीले आफ्नो भाउजु गंगादेवीको प्रवेशपत्र लिई आफू परीक्षा हलमा प्रवेश गरी निजको सट्टाम आफैले परीक्षा दिने प्रयत्न गरेको कुरा निजले अदालत समक्ष गरेको वयानबात समेत स्वीकार गरेको देखिन्छ । निजबाट बरामद भएको परीक्षाको प्रवेशपत्रमा परीक्षार्थीको नाम गंगादेवी देवकोटा र परीक्षार्थीको फोटो रहने स्थानमा भने पुनरावेदक प्रतिवादीको आफू फाटो देखिई महिलाको प्रवेश पत्रमा पुरुषको फोटो टाँसिएको पाइन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दा भाउजूको नाममा निजैको प्रवेशपत्र लिई परीक्षा दिन गएको कुरा स्वीकार गरी आफूले आफ्नो फोटो टाँसेको कुरामा भने इन्कारी गरेको देखिएतापनि अरु कसैले आफ्नो फोटो लगि अरुको प्रवेशपत्रम टाँसी पुनः आफैलाई फिर्ता गरेको भन्ने कुरा नै अपत्यारिलो हुने देखिन्छ । यसरी आफ्नो फोटो सहितको प्रवेशपत्र साथमा लिई प्रतिवादी परीक्षा हलमा प्रवेश गरी भाउजूको नाममा परीक्षा दिन बसेको कुरा स्पष्टरुपमा खुल्न आएको देखिंदा विद्वान अधिवक्ताले प्रतिवादी मनसायपूर्वक अपराध गर्ने नियतले परीक्षा हलमा परीक्षा दिन प्रवेश नगरेको भनी गर्नु भएको वहस जिकिरसँग यो इजलास सहमत हुन सकेन । § प्रतिवादी अर्जुनप्रसाद वराललेल त्रिभुवन विश्व विद्यालय जस्तो संगठित संस्थाले गंगादेवीले मात्र परीक्षा दिन पाउने शर्त राखी प्रदान गरेको प्रवेश पत्रबाट सो प्रवेशपत्रमा निर्धारित गरेका शर्तहरुको प्रतिकूल कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ मा उल्लेखित गैरकानूनीस् लाभ वा हानी पुर्याउने वदनियतले कुनै व्यक्रिले काम गरेमा दण्ड सजाय हुने गरी निषेध गरेका कसूर अपराध गर्ने प्रयत्न सम्म गरेको देखिई अपराधिक कार्य पुरा गरी सकेको नदेखिएकोले विद्यमान अवस्थामा शुरु चितवन जिल्ला अदालतले गरेको कैदको सजायको हदसम्मको इन्साफ केही उल्टी गरी पुनरावेदक प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ ले रु. १५०। जरिवाना हुने ठहर गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मनासिव देखिंदा सदर हुने । (प्र.नं. १८ र १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6995 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2057/11/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6995 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
