नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6994 · वि.सं. २०५८

नि.नं. 6994 — करार बमोजिम गराई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानून बमोजिम दुई पक्ष बीच भएको सम्झौता अनुसार उत्पन्न दायित्व विपक्षीले पुरा गर्नु पर्ने होइन भन्न मिलेन । विपक्षीले, वादीले नालेस गर्ने हकदैया नै नभएको जिकिर लिएतापनि संझौता हुँदाको अवस्थामा धन बहादुर प्रिन्सिपल भन्ने स्कुलको छाप लागेको देखिएकोले स्कुलको तर्फबाट करार भएको देखिन्छ र फिराद गर्दाको अवस्थामा पनि धन बहादुरले विद्यालयकै तर्फबाट अख्तियारी लिई फिराद गरेको देखिंदा विद्यालयको तर्फबाट निजलाई फिराद गर्ने अ.वं. ८२ नं. बमोजिम हकदैया छैन भन्ने पनि मिलेन । वादीले दावी लिएको कि.नं. ८८ को जग्गाको सम्बन्धमा करारमा स्पष्ट नभएकोले भन्ने पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा प्रतिवादीले पटक पटक करार बमोजिमको रकम बुझी सो को भरपाई समेत गरेको देखिएको र कि.नं. ८८ को जग्गा करारमा उल्लेख भएको होइन भन्ने जिकिर पनि नभएको एवं सो भन्दा अन्यत्रको जग्गा हो भनी प्रतिवादीले भन्न नसकेको समेत अवस्था छ । अतः करार ऐन, २०२३ को दफा १० (१) अनुसार करार बमोजिमको दायित्व प्रतिवादीले पुरा गर्नुपर्ने होइन भन्न मनसिव देखिएन । करारको दायित्व पक्षहरुले निम्ति वाध्यात्मक हुने हुँदा सम्झौता बमोजिमको रकमको अन्तिम किस्ता वापतको रु. १९५६२।५० वादीले फिराद गर्दा धरौट राखी शर्त बमोजिमको दायित्व पुरा गरी सकेको अवस्थामा करारका अर्को पक्ष यि पुनरावेदक प्रतिवादीले संझौतामा उल्लेखित जग्गा वादीको नाउँमा रजिष्ट्रशन गरी नामसारी गरिदिनु पर्ने दायित्व पुरा गर्नु पर्ने नै हुँदा करार बमोजिम गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु का.जि.अ.को फैसला उल्टी गरी करार बमोजिम यि पुनरावेदक वादीबाट प्रतिवादीले पाउनु पर्ने बाँकी रकम रु. १९५६२।५० बुझी लिई करारमा उल्लेखित जग्गा पुनरावेदक वादीलाई रजिष्ट्रेशन पारित गरी दिनु पर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्पबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6994
मुद्दाको विषयकरार बमोजिम गराई पाउँ ।
निर्णय वर्ष / मिति2057/10/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 6994
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्