नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6993 · वि.सं. २०५८
नि.नं. 6993 — फैसला अनुसार कित्ताबाट गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अपुताली हक कायम मुद्दामा मिति २०४२।१२।५ मा भएको फैसला बमोजिम दर्ता नामसारी गरि पाउँ भन्ने समेत निवेदन भएकोमा वादीले कुन तर्फबाट उक्त जग्गा पाउने सो स्पष्ट नखुलाई फैसला गरेको हुँदा तर्फ र दर्ता गरिदिन ठहर वेगर विपक्षीले माग गरेको फैसला बमोजिम दर्ता गरि दिन मिल्ने होइन भन्ने व्यहोराको डोरनाथको निवेदन परेको देखिन आउँछ । अपुताली हक कायम मुद्दामा वादी दावी बमोजिम ४ खण्डको १ खण्ड वादीको हक कायम हुने ठहरी तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।१२।५ मा फैसला भएको कुरामा विवाद छैन । सो फैसला अन्तिम भएर रहेको देखिन्छ । फैसला बमोजिमको जग्गा यता तर्फ कित्ताकाट गरि दिन मञ्जुर रहेको भनि पुनरावेदक प्रतिवादीले जिकिर लिएको पनि देखिदैन । प्रतिवादीले तर्फ खुलाई दिन मञ्जुर नभएको स्थितिमा गोला प्रथाद्वारा तर्फ छुट्याई दिनु न्यायोचित हुन्छ । अतः गोला प्रथाद्वारा तर्फ छुट्याई दिने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५३।२।२५ को इन्साफ मिलेको देखिंदा सदर हुने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6993 |
|---|---|
| मुद्दाको विषय | फैसला अनुसार कित्ताबाट गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2057/10/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6993 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
