नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6991 · वि.सं. २०५८

नि.नं. 6991 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नोकरीको दोरानमा निजको यू.एस.एड बाट प्राप्त छात्रवृत्तिमा भारत सरकारद्वारा संचालित दश महिने तालिम भारतको नयाँ दिल्लीमा लिएको, एभरेष्ट इङ्गलिस स्कूलमा नर्सिङ सुविधा पुर्‍याउँदै आए वापतको थप आर्जन रहेका साथै समय समयमा विभिन्न कक्षा संचालन गरिदिने र प्रश्नपत्र तयार गरिदिने सम्बन्धको निजका नाउँका प्रेषित पत्रहरुबाट नियमित सरकारी सेवा गरे वापतको आर्जनका साथै निजी ज्ञानशीपबाट समेत थप आर्जन गर्न सक्ने निजी ज्ञान र शीप भएकी व्यक्ति होइन रहिछन् भनी अन्यथा अर्थ लिइरहने अवस्था देखिंदैन। सरकारी नोकरी गरे वापत कर्मचारीको हैसियतले प्राप्त गर्ने कर्मचार संचय कोषबाट वितरीत २ वर्षे घर निर्माण सापटी समेत निजले लिएको भन्ने कुरा कोषको पत्रबाट देखिंदा निजका नाउँमा रहेको घर समेत निजकै निजी प्रयासबाटै निर्माण भएको भन्ने देखिन आउँछ । साथै घर निर्माणको लागि भनी ऋण लिएको भनी तायदातीमा उल्लेख भएको ऋण धनका सम्बन्धमा वादीले अन्यथा भन्न सकेको अवस्था पनि छैन । यस अदालतबाट भएका पूर्व विभिन्न निर्णयहरुमा निजी ज्ञापशीप वा प्रसासबाट आर्जन गरेको प्रमाणित नभएमा मात्र अंशियारक नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सगोलको हो भन्ने अनुमान गरी वण्डा गर्नु पर्ने भन्ने सिद्धान्तहरु प्रतिपादन भएका पाइन्छन् । प्रस्तुत विवादमा प्रतिवादी सानुमाया खड्काको व्यक्तिगत अध्ययन, पेशा, अनुभव र दक्षता समेतक आधारमा उल्लेख भएका सम्पत्तिहरु आर्जन गर्न नसक्ने अवस्थाका व्यक्ति रहिछन् भनी अनुमान गर्न नसकिने अवस्था भै विवादित काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको कि.नं. २९८, कि.नं ४५७, ३०१, ४४३ को जग्गा र भक्तपुर कटुञ्जेको कि.नं. १४६९ मा बनेको घर पुनरावेदक प्रतिवादी सानुमाया खड्काको निजी ज्ञानशीप र प्रयासबाट आर्जन भएको निजी आर्जनको सम्पत्ति ठहरी ती सम्पत्ति अंशियारलाई बण्डा लाग्न अवस्था देखिन नआउने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6991
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2057/08/19
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 6991
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्