नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6990 · वि.सं. २०५८
नि.नं. 6990 — उत्प्रेषणयुक्त लगाएको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित कि.नं. ८८ र ९० मा मोहीको घरबास रहेको भनि सम्बन्धित गाउँ विकास समितिले सिफारिश गरेको साथै यिनै निवेदक वादी र विपक्षी प्रतिवादी भएको २०४६ सालको दे.नं. १३७७/१३० को कपिलवस्तु जिल्ला अदालतमा दायर भएको मोहीयानी मुद्दामा यिनै निवेदकले कि.नं ९० मा मोहीले कच्ची घर बनाएको भनि फिराद समेत दिएको देखिंदा मोहीको घरबास रहेको उक्त कित्ताको जग्गा मोही भागमा पर्ने गरी बाँडफाँड गरेको भूमिसुधार कार्यालय कपिलवस्तुको निर्णय नमिलेको भन्न मिलेन । § निवेदकले निवेदनमा समेत कुन कित्ताको जग्गा के कारणले असल र बढी मूल्य पर्ने हो ? भन्न समेत नसकेको अवस्थामा रिट क्षेत्रबाट सवूद प्रमाणको आधारमा तथ्यगत शुक्ष्म कुराहरुको § विवेचना गरी निर्णय गर्न मिल्ने देखिएन । विवादित कित्ताको जग्गाको क्षेत्रफल थोरै थोरै भएको देखिन आएको र गुणात्मक रुपले तात्विक रुपमा फरक फरक भएको निवेदकले समेत देखाउन नसकेको अवस्थामा मोही र जग्गाधनी बीच जग्गाको क्षेत्रफल आधा आधा गरी नरम करम मिलाई मोही र जग्गाधनी बीच जग्गा बाँडफाँड गर्ने गरेको जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुले निर्णय गरेको देखियो । अधिकार प्राप्त निकायबाट भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम जग्गाधनी र मोहीको बीचमा कानून बमोजिम जग्गा बाँडफाँड गर्ने निर्णयबाट निवेदकले मौलिक हकमा प्रतिकूल असरपरेको भन्न मिल्ने कुनै अवस्था विद्यमान नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज गर्ने गरेका हदसम्म माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय सदर हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6990 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त लगाएको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2057/10/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय सदर हुने । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको रायसँग सहमत नहुँदा स | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय र जग्गा बाँडफाँड गर्दा नरम करम मिलाई गरेको नपाइएकोले भूमि सम्बन्धी ऐन | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय भै संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ यस इजलासम प्रस्तुत रिट निवेदन पेश हुन आएको देखिन्छ । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6990 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
