नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6989 · वि.सं. २०५८
नि.नं. 6989 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकै परिवारका नात समेत पर्ने व्यक्तिहरु साथ संलग्न भएको एके कसूरमा कार्वाही शुरु भई मुद्दा चलाएकोमा तत्कालन पक्राउ परेका मानबहादुर थोकर र ज्ञानबहादुर गोलेलाई अभियोग मागदावी अनुसा कसूर ठहर भई विपक्षी वन संरक्षण विशेष अदालतबाट मिति २०५०।६।५ मा फैसला समेत भइसकेकोमा अ.वं. ११० नं. बमोजिमको कानूनी हकम आघात पुगेको अवस्था भए अ.वं. २०८ नं. बमोजिमको वैकल्पिक उपचारको मार्ग रहेकोम निवेदकहरुले सो मार्ग अवलम्वन गर्न सकेको देखिदैन। विपक्षी अदालतको उक्त फैसला तत्काल थाहा नपाएको र फैसला कार्यान्वयनको क्रममा निवेदकरुलाई मिति २०५६।१०।२८ मा पक्राउ गरेपछि मात्र विपक्षी वन संरक्षण विशेष अदालतबाट मिति २०४७।१०।८ मा तामेल भएको म्याद रीतपूर्वक तामेल नभएकोले उक्त अदालतबाट मिति २०५०।६।५ मा भएको फैसला तत्काल थाहा नपाएको भनि उक्त फैसला वदर गराई पाउन मिति २०५६।११।२० मा प्रस्तुत रिट निवेदन परेको देखियो । एकै मुद्दामा तत्काल पक्राउमा परेका एकै परिवा र नाता भित्रका अन्य प्रतिवादीहरुालाई कसूर ठहर भइरहेको अवस्थामा यी निवेदहरुलाई फैसला भएको जानकारी नभएको भन्न सकिने मनासिव आधार पनि देखिंदैन । तसर्थ वैकल्पिक उपचार छँदाछँदै त्यसतर्फ नलागि असाधारण अधिकारक्षेत्र अन्तर्गत परेको प्रस्तुत रिट निवेदनबाट फैसला वदर हुन सक्ने अवस्था नदेखिने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6989 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2057/06/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रिट खारेज गर्ने रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय । | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५७।३।१३ | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6989 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
