नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6987 · वि.सं. २०५८
नि.नं. 6987 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लोकसेवा आयोगद्वारा प्रकाशित बढुवा सम्बन्धी सूचना २०५२ साल आषाढ मसान्तसम्मको मूल्याङ्कन अवधि (Cut of Date) को निर्धारण गरेको र निवेदकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता उक्त अवधिभित्रै प्राप्त गरिसकेको भन्ने उल्लेख गर्न नसकी मिति २०५२।६।१५ मा बढुवाको लागि प्रेषित दरखास्तसाथ पेश गरेको पाइन्छ । चेष्ट फिजिसियन पदमा बढुवाको लागि छुट्टै विशेष शैक्षिक योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानेको र निवेदकले प्राप्गत गरेको शैक्षिक योग्यता उक्त मूल्याङ्कन अवधिभित्र प्रापत गरिसकेको भन्ने नदेखिंदा मूल्याङ्कन अवधि (Cut of Date) भन्दा पछि प्राप्त गरेको शैक्षिक योग्यताले बढुवा हुने पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताको स्थान ग्रहण गर्न सक्ने मान्न मिल्ने देखिंदैन । § बढुवाको सूचना बढुवाको लागि आवश्यक पर्ने भनी नियमानुसार तोकिएको शैक्षिक योग्यता निवेदकले तोकिएको मूल्याङ्कन अवधि भन्दा पछाडि मात्र प्राप्त गरी बढुवाको दरखास्त साथ पेश गरेका भन्ने तथ्यमा कुनै विवाद रहेको पाइदैन । मूल्याङ्कन अवधिभित्र बढुवाको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी नसकेको अवस्थामा निवेदकलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार नै मान्न नमिल्ने । (प्र.नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6987 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2057/08/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्र | माननीय न्यायाधीश श्री ज्ञाइन्द्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6987 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
