नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6985 · वि.सं. २०५८

नि.नं. 6985 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेगोसियट गर्ने बैंकको हैसियतले वादी वैंकले आफ्नो ग्राहकलाई विदेशी आयात कर्ताको विदेशस्थित बैंकबाट एल.सी.को रकम भुक्तानी दिएको बुझिलिने, आप्नो ग्राहकको व्यापारिक सुविधाको लागि ग्राहकद्वारा निर्यात गरिएको सामानको डकुमेन्टमा कर्जा दिने र एल.सी वापत ग्राहकको लागि विदेशी बैंकबाट दिएको भुक्तानीबाट सोधभर्ना गर्दै जाने व्यापारिक बैंकहरुबाट गरिने सामानय बैकिङ्ग कारोवार हो । नेगोसिउटिङ्ग बैंकद्वारा यस्तो कार्य केही कमिशनको निमित्त गरिन्छ भने निर्यातित सामानको इन्भ्वाइसमा तमसुक गराई ऋण दिएकोमा ब्याज समेत प्राप्त गर्ने गर्छन । बैंकद्वारा गरिने यस किसिमको कारोवारमा आयात निर्यात व्यापारको स्वयं पष हुने कुरा नभै अन्तर्राष्ट्रियय आयात निर्यात व्यापारलाई सघाउसम्म पुर्‍याउने (Facilitates) गर्ने भूमिका बैंकको हुन्छ । नेगोसियट गर्ने बैंक स्वयंको लापरवाहीवा गल्तीले गर्दा करारका पक्षहरुलाई नोक्सान हुन गएको स्पष्ट स्थितिमा बाहेक एल.सी.को कागजात र निर्यातित सामान सम्बन्धमा करार बमोजिम नभै फरक परेको (Discripancies) सम्बन्धमा त्यस्तो बैंकको कुनै जवाफदेही हुँदैन । § एल.सी. खोल्ने पक्ष टेक्सइम्पोर इन्क न्यूयोर्कले शुभकामना गार्मेन्टद्वारा पठाइएका कागजातहरु (Advised Document) मा त्रुटि (Discripancies) भएको भनी स्वीकार नगरेकोले एल.सी. जारी गर्ने बैंक अफ इण्डिया न्यूयोर्कबाट प्रत्यर्थी बैंकले आफूले लिखत गराई प्रतिवादीलाई दिएको रकम शोधभर्ना गर्न नसकेको अवस्थामा सामान निर्यातकर्ता तथा आयातकर्ता बीचको करारीय दायित्व पुरा भएको भनी त्यस सम्बन्धमा करारको पक्ष नरहेको प्रत्यर्थी बैंकमा करारीय दायित्व रहेको मान्न सकिदैन । § आयात निर्यात व्यापार कारोवारको पक्ष नरहेको र एल.सी. कारोवारको दायितव पनि नरहेको वादी बैंकलाई करार ऐन, २०२३ का हदम्याद लाग्ने अवस्था समेत देखिन आएन । वादी बैंकले प्रतिवादीसँग आयात निर्यात अथवा प्रतितपत्रको कारोवार भन्दा छुट्टै लेनदेन साहु असामीको तमसुकी कारोवार गरेको देखिएको र सो तमसुक वापत कानूनको म्याद भित्रै नालेश परेको देखिन आउने । (प्र.नं. २४ र २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6985
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2057/07/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय सहितको यस अदालत संयुक्त इजलासको मिति | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भएको छ । | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको प्रस्तुत पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाइदिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 6985
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्