नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6982 · वि.सं. २०५८

नि.नं. 6982 — चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीहरुले अदालतमा बयान गर्दा आरोपित कसूर गरेमा इन्कार रही बयान गरेका वादी पक्षले प्रतिवादीहरुले चोरी गरेको र खरिद बिक्री भएको भन्ने कुरा प्रमाण ऐन, २०३१ को दफा २५ अनुसा।र प्रमाणित गर्न नसकेको, बरामद भएको भनिएको समान पनि चोरी भएको पानीको मिटरकै सामान हो भन्ने कुराको प्रमाणित नभएको स्थितिमा वादीको अभियोग माग दावी बमोजिम प्रतिवादी मनिष गिरी, संजय देवकोटा, वसन्त मुखिया समेतले चोरी गरेको, नीलम रायले चोरी गरी ल्याएको पैसा बाँडी खाएको एवं लक्ष्मी शाह र मोहन ताम्राकारले चोरीको माल भन्ने जानी जानी किनेको भन्ने कुरा नदेखाई उपरोक्त प्रतिवादीहरुले अभियोग माग दावी बमोजिम सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत विराटनगरबाट मिति २०५३।२।३०।४ मा भएको फैसला मुनासिव ठहर्ने । (प्र.नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6982
मुद्दाको विषयचोरी
निर्णय वर्ष / मिति2056/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टोपबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 6982
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्