नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6980 · वि.सं. २०५८

नि.नं. 6980 — बिक्री तथा दर्ता वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ. का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा वाहेक सँग बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने हुन्छ भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लेखित बुँदा प्रमाण एव. नजिर समेतबाट प्रतिवादी कृष्णलास काफ्लेले प्रतिवादी हेमप्रसाद पहाडीलाई मिति २०४६।१२।१५ मा गरिदिएको र. नं. १९८६ र प्रतिवादी गणेशप्रसाद फुयाललाई सोही मितिमा गरिदिएको र. नं. १९८७ को राजिनामाले जग्गा निज कृष्णलाल काफ्लेको निजी आर्जनको बिक्री गरेको देखिन नआई वादीहरुको समेत अंश हक लागने सम्पत्ति बिक्री गरेका देखिन आएकोले शुरु जिल्ला अदालतबाट वादी दावी बमोजिम वदर हुने ठहर गरेको फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको नदेखिदा उल्टी भै वादी दावी बमोजिम विवादित जग्गा ६ भागको ३ भाग वदर गर्ने गरेको शुरु सिन्धुली जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6980
मुद्दाको विषयबिक्री तथा दर्ता वदर
निर्णय वर्ष / मिति2056/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 6980
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्