नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6978 · वि.सं. २०५८
नि.नं. 6978 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादी गया प्रसाद शर्मा वाहुनले प्रतिवादीहरुबाट नीजि आर्जन र बक्सपत्र वाहेकको श्री सम्पत्तिको दुई भागको एक भाग अंश पाउने ठहर्याएको शुरु बांके जिल्ला अदालतको इन्साफलाई केही उल्टी गरी पुनरावेदन अदालत, नेपालगंजले प्रतिवादी लालजी प्रसाद शर्मा वाहुनको जग्गा नीजि आर्जनको ठहर्न आएको नहुँदा निजको जग्गा समेतबाट वादी दावी अनुसार २ भागको एक भाग अंश पाउने ठहर्याई फैसला गरेको देखियो । न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्डा (ग) बमोजिम तात्विक भिन्नता भएकोमा पुनरावेदन लाग्ने र सो वाहेकको मुद्दामा इन्साफ सदर भएको जतिमा ऐ.ऐनको दफा १२ को उपदफा (१) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन लाग्ने देखिन्छ । सोही बमोजिम नै भनी प्रस्तुत मुद्दामा वादी गयाप्रसाद शर्मा वाहुनको ऐ. ऐनको दफा १२ को उपदफा (१) को खण्डा (क)(ख) अनुसार मिति ०५२।८।२१।४ मा यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने प्रस्तुत निवेदन परेको देखिन्छ । यसबाट एकै फैसलाका पक्ष विपक्षीहरु मध्ये पनि कसैले पुनरावेदन र कसैले मुद्दा दोहोर्याई पाउँ भनी निवेदन दिन पर्ने अवस्था पर्न जोन हुन्छ । तर त्यसो नभई शुरुको उल्टी, केही उल्टी गरे भएका निर्णयलाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा भए मुताविक तात्विक भिन्नता भएको मान्नु पर्ने स्पष्ट भएबाट प्रस्तुत मुद्दाको सम्बन्धमा शुरुको केही उल्टी भएकोमा पुनरावेदन नै दिनुपर्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6978 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2056/08/20 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री ज्ञाइन्द्र बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6978 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
