नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6972 · वि.सं. २०५८
नि.नं. 6972 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौं समक्ष निवेदनका तर्फबाट विवादित जग्गाका सम्बन्धमा, २०४२ सालमा खोलाले छाडी उकास भएको जग्गाको लगत कायम गरी तिरोतिरान गर्न पाउँ भनी निवेदन दिएको र कारवाही चली र मौकामा सो निवेदन सम्बन्धमा निर्णय नभएको भन्ने निवेदकको भनाइ समेत रहेका पाइयो । मालपोत कार्यालय, काठमाडौंको तत्सम्बन्धी टिप्पणी र आदेशको प्रतिलिपिमा विवादित जग्गाको स्थलगत निरीक्षण भएको भन्ने व्यहोरा उल्लेख भएको देखिंदा निवेदकको निवेदन परेपछि कारवाही चलेका सम्म देखिन्छ । उक्त बमोजिम कारवाही भएपछि निवेदकको तत्सम्बन्धमा तत्काल निर्णय भएको भन्ने देखिएन । मालपोत कार्यालय, काठमाडौं प्रेषित लिखित जवाफमा २०४४।८।२९ को जग्गा दर्ताको निर्णय फायल हेर्दा श्री ५ को सरकारका नाउँमा विवादित जग्गा दर्ता गरिएको रहेछ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । मालपोत कार्यालय काठमाडौंको ०४५।११।१० मा सदर भएको टिप्पणी र आदेशको प्रतिलिपि हेर्दा, मोठबाट भिडाउँदा वानेश्वर वडा नं. ५ कि.नं. १४३ को जग्गा श्री ५ को सरकारको नाउँमा दर्ता भै सकेको भनि भिडी आएको हुँदा दर्तातर्फ कारवाही गर्न नमिल्ने हुँदा फायल तामेलीमा पठाएको व्यहोरा उल्लेख भएको पाइयो । श्री ५ को सरकारका नाउँमा पछि दर्ता भएको नाताले निवेदन ०४५।११।१० मा तामेलीमा राख्ने गरेको उक्त निर्णयको सूचना निवेदकलाई दिइएको भन्ने समेत देखिएन । तसर्थः २०४२ सालमै निवेदकका तर्फबाट निवेदन परेको विषयमा तत्काल कारवाही नगरी २०४५ सालमा आएर श्री ५ को सरकारका नाउँमा दर्ता भै सकेको भनी श्री ५ को सरकारका नाउँमा दर्ता हुने कार्य सम्पन्न भै सकेपछि निवेदकको निवेदन तामेलीमा राख्ने गरेको ०४५।११।१० को प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंको निर्णय त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । अव निवेदकको निवेदन समेतका सम्बन्धमा कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी मालपोत कार्यालय काठमाडौंको नाउँमा परमादेश जारी हुने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6972 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2057/02/32 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6972 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
