नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 697 · वि.सं. २०२९

नि.नं. 697 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबुद प्रमाणको आधार नै नदेखाई बुँदा नै उल्लेख नगरी न्यायिक फैसला गरिएको कानूनी प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नु पर्ने । अब रहृयो बुँदाको उपयोग नगरी कानूनको विपरित निर्णय गरेको भन्ने कुरा, यस सन्दर्भमा कानूनी व्यवस्था हेर्दा अ.बं.१८५ नं.मा फैसला लेख्दा जति परिबन्धले सो ठहर गरिएको हो सो समेत खोली झगडीयाको बुँदा र जुन कानूनबमोजिम इन्साफ र सजाय गरिएको हो सो कानूनको समेत उल्लेख गर्नुपर्छ भन्ने व्यवस्था भएको र अ.बं.१८९ नं.फैसलाको नमुनामा यस्तै फलाना फलाना प्रमाण भएको हुनाले यो यो रित प्रमाण र यो कानून यो ठहर्छ भनी लेख्नुपर्ने उल्लेख भएको पाइन्छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ६३ मा यो ऐनमा र यस ऐनअन्तर्गत बनेको नियमहरूमा लेखिएकोमा सोही बमोजिम अरुमा प्रचलित नेपाल कानूनबमोजिम हुनुपर्छ भन्ने उल्लेख भएकोले भूमिसम्बन्धी ऐन अन्तर्गतको मुद्दाहरूमा समेत फैसला निर्णय गर्दा अ.बं.१८५।१८९ नं.समेतको पालना गर्नुपर्ने अनिवार्य न्यायिक वा अर्धन्यायिक जुनसुकै निकायले न्यायिक निर्णय गर्दा यसले हार्छ यसले जित्छ भनेर मात्र पुग्ने होइन पक्षहरूबाट गरी हुनआएको र कानूनबमोजिम अड्डाबाट बुझिएकोसमेत सबूद प्रमाणको मूल्यांकन गरी उपरोक्त अ.बं.१८५।१८९ नं. बमोजिम यो यो सबूद प्रमाणको आधारमा यस्तो ठहर्छ भनी बुँदासमेत उल्लेख गर्नुपर्ने फैसला निर्णयहरूको एउटा मौलिक गुण हो यदि सबूद प्रमाणको आधार नै नदेखाई बुँदा नै उल्लेख नगरी न्यायिक फैसला निर्णय गरिएको छ भने त्यसलाई कानूनको प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नुपर्छ । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.697
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2029/05/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहदुर के.सी.
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 697
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्