नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6961 · वि.सं. २०५७
नि.नं. 6961 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मीदेवी प्रसूति गृह विकास समितिको गठन हुँदा उक्त समितिमा श्री ५ को सरकारका कर्मचारीहरु समेत कार्यरत रहेका र त्यस्ता कर्मचारीहरुका सम्बन्धमा श्री ५ को सरकारको नियम अवलम्बन गरिने कुरा उक्त समितिको गठन आदेशको दफा ८.३ मा रहेको अवस्थामा २०५४ सालमा समितिको कर्मचारीहरुको सेवाका शर्त सम्बन्धी नियमावली स्वीकृत नभएसम्मका लागि श्री ५ को सरकारका कर्मचारी तथा समितिद्बारा नियुक्त कर्मचारीहरु सवैलाई समान रुपमा निजामती सेवा ऐन, २०५९ तथा निजामती सेवा नियमावली, २०५० लाई आधार बनाई कार्य संचालन हुँदै आएको र त्यस सम्बन्धमा समितिको उनन्चासौं बैठकबाट निर्णय समेत भएको अवस्था विद्यमान रहेको देखिँदा उल्लेखित नि.नं. ४९१२ को रिट निवेदनमा समावेश भएको तथ्य र प्रस्तुत रिट निवेदनको तथ्यमा मूलभूत रुपमा अन्तर रहेको देखिँदा उक्त रिट निवेदनमा यसै अदालतबाट प्रतिपादीत सिद्धान्त प्रस्तुत रिट निवेदनमा आकर्षित हुन सक्ने देखिएन । § तलब सहितको अध्ययन बिदा स्वीकृत गराई उक्त अवधिको तलब भत्ता बुझिलिएको, निवेदक सम्बन्धित अध्ययन संस्थानमा पनि हाजिर नरहेको र कार्यालयमा समेत उपस्थित नभई अनुशासनहीन र गैरजिम्मेवारपूर्ण कार्य गरेको र त्यस सम्बन्धमा निजको घर ठेगानामा पटक-पटक पत्राचार गर्दा सम्पर्क राख्न समेत नआएकोले गोरखापत्रमा सूचना प्रकाशित गरी सकेपछि पनि अध्ययन विदाको अवधि सम्म आफू अध्ययनरत रहेको भनी सो अवधि पछिको थप असाधारण विदा माग गरी वास्तविक तथ्य समेत फरक पारी दिएको निवेदन तथा स्पष्टीकरण सन्तोषजनक नभएको भनी समितिको सेवा शर्त सम्बन्धी आफ्नो नियम स्वीकृत भई नसकेको अवस्थामा सेवा शर्त सम्बन्धी सामान्य पक्रिया र प्राकृतिक न्यायको सिद्धान्त अनुरुप सफाईको मौका समेत दिई निवेदकलाई सेवाबाट हटाउने गरी भएको समितिको मिति २०५३।३।२ को निर्णय तथा तत्सम्बन्धी काम कारबाही अनुचित मान्न नमिल्ने । (प्र.नं.१६ र १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6961 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2057/05/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6961 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
