नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 696 · वि.सं. २०२९
नि.नं. 696 — पर्चा बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनैपनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यलाईसम्म लिई अर्थ गर्न नमिल्ने । मुख्य सो घर ०२१।२।१६।६ मा पास भएको बकसपत्रमा परे नपरेको के रहेछ भन्ने तर्फ उक्त बकसपत्र लिखतमा निज संस्थापकको व्यक्तिगत घरवार नै उक्त संस्थानको नाममा बकस गरी भन्ने बोली परेकोलाई आधार लिई घरसमेत बकस गरी दिएको भन्ने निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताले बहसमा जिकिर लिनु भएको छ । खास गरी कुनै पनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यसम्म लाई लिई अर्थ गर्न मिल्ने नभई सम्पूर्ण लिखतको अध्ययन गरी त्यसको अर्थ गर्नुपर्ने हुन्छ । यस तथ्यलाई ध्यानमा राखी उक्त बकसपत्र लिखत सम्पूर्ण अध्ययन गरी हेर्दा आखिरी बकसपत्र गरी दिएको भन्ने उल्लेख गरेको ठाउँमा पूर्व सडक पश्चिम सडक दक्षिण ज्यापुको रैकर उत्तर आधा सडक र आधा सत्येलको रैकर यति ४ किल्ला भित्रको मेरो नाउँमा काठमाडौं माल दोश्रामा नं.९१ मा दर्ता भएको मौजे चावेलको सो मालमा सालको रू.७९८ तिर्नु पर्ने चसीको पाखो बारी रोपनी ७ सातको खला स्कूल बनाउनाको निमित्त बकस गरी दियाँ । सो जग्गा स्कूलकी सेवीका एवं उपचारीका रमाकेतनाका नाउँमा दर्ता हुने गरी हालको बकसलेखी दियाँ भन्ने लेखी जग्गासम्म बकस गरिदिएको कुरा किटानी उल्लेख गरेको पाइन्छ । यदि घरसमेत बकस गरी दिएको भए यति ४ किल्लाभित्रको यो यति लम्बा चौडा यो यति तलाको कच्ची या पक्की घरसमेत बकस दिएँ भन्ने उक्त लिखतमा प्रष्ट किटानी उल्लेख हुनुपर्ने थियो तर सो उल्लेख छैन लिखतमा सो प्रष्ट उल्लेख भएको हुनु बेगर बकस गरी दिनु परेको कारणको भूमिकामा निज संस्थापकको व्यक्तिगत घरबार नै उक्त संस्थाको नाममा बकस गरी भन्ने उल्लेख गरेको सम्मबाट घरसमेत बकस गरिदिएको भन्ने अर्थ गर्न मिल्दैन, किनकी व्यक्तिगत घरबार भन्नेसम्म लेखाइको त्यस्तो अर्थ आउन सक्तैन । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 696 |
|---|---|
| मुद्दाको विषय | पर्चा बदर |
| निर्णय वर्ष / मिति | 2028/12/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ब्रह्मदत्त तिवारी | माननीय न्यायाधीश श्री वृषबहादुर थापा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 696 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
