नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6944 · वि.सं. २०५७
नि.नं. 6944 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शुरु जाहेरी दरखास्तमा यसले कर्तव्य गरेको हो भन्ने कुरा खुल्दैन । लास प्रकृति मुचुल्का घटनास्थल प्रकृति मुचुल्का हुदा सम्म कसै उपर शंका सम्म गरेको देखिदैन । घटना मिति २०४८।२।११ मा घटेको देखिन्छ । १२ दिनपछि अर्थात २०४८।२।२३ गते पेश गरेको पक्राउ प्रतिवेदनमा प्रतिवादी धनबहादुरले आरोपित कसूर गरेको भन्ने कुरा विशेष सुत्रबाट थाहा हुन आएको भन्ने उल्लेख भएको तर के कस्तो विशेष सुत्र हो केही खुलाउन सकेको देखिदैँन । तसर्थ २०४८।२।११ को घटनासँग प्र.धनबहादुर संवद्ध रहेको भन्ने तथ्य प्रमाणबाट पुष्टि हुदैँन । प्रस्तुत कर्तव्य ज्यान मुद्दाको घटनाको मूल आधार मृतकलाई करणी गरेको भन्ने तथ्यसंगत छ । प्रतिवादी उपर जवरजस्ती करणीको अभियोग पनि लगाएको देखिन्छ । तर जवरजस्ती करणी भएको भन्ने कुनै पनि तथ्य प्रमाण प्रस्तुत मुद्दामा देखिदैन । घटनास्थल विवरण र लाश प्रकृति मुचुल्काबाट घटना भएको ठाउमा वा मृतकले लगाएको कपडामा वीर्यको कुनै चिन्ह देखिदैँन । मृतकले लगाएको धोती र चोला च्यातचुत भएको पनि देखिदैँन । मृतकले लगाएको चोलाको चारवटा टाँकहरु यथावत रहे भएबाट जवरजस्ती करणी भएको कुनै चिन्ह देखिन आउदैन । यसरी जुन जरीयाबाट ज्यान भने गएको भनिएको हो सो जरिया आधार पुष्टी हुन सकेको देखिदैँन । लाश प्रकृति घटनास्थल विवरण मुचुल्का लगायतका कार्यहरु भै सकेपछि अज्ञात सुत्रको आधारमा पक्राउ परेका प्रतिवादीको प्रहरीमा भएको ठाडो साविती कागज बाहेक प्रतिवादीले कसूर गरेको भन्ने प्रत्यक्षदर्शी वा ठोस प्रमाणबाट प्रतिवादीले कसूर गरेको हो भन्ने तथ्य स्थापित हुन आएको देखिदैन । प्रहरीमा भएको प्रतिवादीको साविती बयान हेर्दा प्रतिवादीले जवरजस्ती करणी गरी केही पर गईसकेपछि मृतकले जवरजस्ती करणी गरेको कुरा प्रकाश गरी दिन्छु भनेकाले अपराध छिपाउन फर्की आई बन्चरो खोसी हानी मारेको भन्ने उल्लेख छ । प्रतिवादीले मृतकलाई मार्ने वा करणी गर्ने योजना बनाई आएको भन्ने कहीँ कतैबाट देखिदैँन । मानिस मारेको कुरा झन छिपाउन नसक्ने प्रकृतिको हुने हुँदा प्रतिवादीको प्रहरी साविती स्वभाविका पनि देखिदैन । प्रहरी सावितीमा मर्नेले बन्चरोले हानी घाउँ पारी दिएको भन्ने उल्लेख छ तर प्रतिवादीका खुट्टामा त्यस्तो घाउ भएको भन्ने तथ्य खम्बिर हुन सकेको देखिदैन । मृतकको उमेर ३० वर्षको र प्रतिवादीको उमेर २५ वर्षको देखिन्छ । एक्लै वनमा गई दाउरा चीर्न सक्ने मृतकलाई जवरजस्ती करणी गरेको भए दुवै बीच संघर्ष हुनुपर्ने र सो को तथ्य स्थापित हुन पर्ने त्यो देखिदैँन । तसर्थ प्रहरी सावितीलाई विश्वास गर्न सकिने अवस्था छैन । मृतकले आफू मर्नुअघि आफ्नो मृत्युको सम्बन्धमा जवादेवी महर प्राथमिक उपचार गर्ने जगदिश पाण्डे समक्ष आफूलाई करणी गरेको भन्ने उल्लेख नगरी वनपाले जस्तो मानिसले बन्चरो खोसी हानेको भनेकी भन्ने भएबाट करणीको सिलसिला जरीयाबाट मृतक सेतुदेवी रावतको मृत्यु भएको भन्ने पुष्टी हुन आएको देखिएन । उपरोक्त लेखिए अनुसार प्रतिवादी धनबहादुरले नै मृतक सेतुदेवी रावतको हत्या गरेको भन्ने ठोस तथ्य प्रमाणबाट पुष्टी हुन नसकेको, घटना घटेको १३ दिनपछि प्रहरीमा भएको साविती बयान बाहेक अन्य शंकाविहिन प्रमाणबाट कसूर गरेको भन्न उचित नदेखिँदामा प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासिव ठहर्ने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6944 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2056/07/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री क | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्यायको छुट्टै राय भएबाट सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको कसुर ठह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो । यसमा शुरु कन्चनपुर जिल्ला अदालतले २० वर्ष कैद |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6944 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
