नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6941 · वि.सं. २०५७

नि.नं. 6941 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी दानबहादुर गुरछान मगरले प्रहरी र अदालतमा समेत मृतक अमरबहादुरको कोखमा छुरीले हानी सो चोटबाट नै निजको मृत्यु भएको भनी साविती भएको र अर्का प्रतिवादी नरबहादुर गरछान मगरको अदालतमा भएकोमा बयानबाट पनि दानबहादुरले नै प्रहार गरेको छुरीको चोटबाट अमरबहादुरको मृत्यु भएको भन्‍ने देखिँदा माग दावी अनुसार प्र.दानबहादुरलाई सर्वश्‍वसहित जन्मकैद गर्ने गरेको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । वारदातको रुप हेर्दा मृतकलाई मार्नुपर्ने सम्मको कुनै पूर्व रिसइवि नभएको र प्रतिवादी दानबहादुरले रक्सी खाई रक्सीले मातेको अवस्थामा मृतक स्वयंले प्र.दानबहादुरलाई इख्याउने कुरा गरी मुक्‍का समेतले हानेको रिस उठी रक्सीको सुरमा प्र.ले दलिनमा घुसारी राखेको छुरी थुती प्रहार गरेबाट अमरबहादुरको मृत्यु हुन गएको देखिँदा निजलाई कानून बमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं. अनुसार प्रतिवादी दानबहादुर गुरछान मगरलाई १० वर्ष कैद सजाय हुने । (प्र.नं.२६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6941
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2056/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6941
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्