नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6940 · वि.सं. २०५७
नि.नं. 6940 — विष खुवाई कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून बमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था बमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएतापनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैँन । यी पुनरावेदिका प्रतिवादी मिठु भने देवी मायाले अदालतमा गरेको बयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती बयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनुपर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव नदेखिँने । (प्र.नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6940 |
|---|---|
| मुद्दाको विषय | विष खुवाई कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2056/11/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6940 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
