नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 694 · वि.सं. २०२९
नि.नं. 694 — हर्जाना दिलाइपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मृत व्यक्तिका हकवालाहरू अधिकार आघात भएको व्यक्ति मानिन नसक्ने । यस्तो दुःखद हवाई दुर्घटनामा परेर आफ्नो नाति नातिना छोराछोरी समेत ८ जना बालबच्चाको एकैसाथ आकस्मिक मृत्यु हुन जानाले वादीहरूलाई मानसिक र आर्थिक आघात पुग्न जानु त स्वाभाविकै भयो तर यस्तो अवस्थामा उक्त नागरिक अधिकार ऐनको दफा १२ र दफा १७ (१) अनुसार मृत व्यक्तिको ज्यान वापतको क्षतिपूर्तिमा हकवालाको दावी लाग्न सक्ने नसक्ने के हो भन्ने कुरालाई उक्त दुवै दफाहरू संयुक्त रुपमा मनन गरी हेर्दा दफा १२ मा कुनै पनि व्यक्तिको भन्ने वाक्यांश राखी अधिकार पाउने व्यक्तिलाई संकेत गरेको र दफा १७ (१) मा कसैले कसैको भन्ने र अधिकार आघात भएको व्यक्तिलाई भन्ने वाक्यांश राखी जसको अधिकार आघात भएको छ उसै व्यक्तिलाई जनाएकोले उक्त दफाहरू अनुसार जसको अधिकार आघात भएको छ उसै व्यक्तिले दावी गर्नसक्ने स्थिति रहेको अवस्थासम्म त्यस्तो व्यक्तिले दावी गरी नालिस गरेकोमा अधिकार प्राप्त अदालतले ठहर गरेमा अधिकार प्राप्त अदालतले ठहर गरेबमोजिमको क्षतिपूर्ति दिनुपर्ने उक्त दफाहरूको मनसाय प्रष्ट हुन्छ । उक्त दफाहरूको तात्पर्यको लागि कानूनको अभावमा मृत व्यक्तिका हकवालाहरू अधिकार आघात भएको व्यक्ति मानिन नसक्ने हुनाले उक्त दफा १२ बमोजिम अधिकार हनन् भएकोमा मृत व्यक्तिको ज्यानवापतको क्षतिपूर्ति हकवालाले दावी गर्न पाउने उक्त दफा १७ (१) ले अधिकार दिएको देखिन आउँदैन । (प्रकरण नं. १६) (२) अंशमा अपुतालिको हकबाट ऐनले मर्नेको हकवालाका दायित्व सर्नसक्ने सम्पत्ति भर्नु भराउनु दिनु दिलाउनु चलन चलाउनुपर्ने कुरामा सम्म मुद्दा सकार गर्न पाउने अ.बं.२१८ को व्यवस्था । उक्त दफा १७ (१) अनुसार क्षतिपूर्ति पाउन सक्ने व्यक्तिको मृत्यु भए पनि तत्काल प्रचलित अदालती बन्दोबस्तको २१८ नं.मा ऐनले भर्नुभराउनु वा दिनु दिलाउनु चलन चलाउनु पर्नेसमेत मुद्दाको झगडिया मरेमा हकवालाले सकार गर्न पाउने व्यवस्था भइराखेकाले हकवालाले दावी गरी नालिस गर्न पाउने भन्ने तर्कका हकमा अंश या अपुतालीको हकबाट ऐनले मर्नेको हकवालामा दायित्व सर्न सक्ने सम्पत्ति भर्नु भराउनु दिनु दिलाउनु चलन चलाउनुपर्ने कुरामासम्म हकवालाले मुद्दा सकार गर्न पाउने उक्त अ.बं.२१८ नं.को व्यवस्था हो । मृत्यु भएको व्यक्ति जीवित रहँदा निजले नै व्यक्तिगत रुपबाट कारवाई चलाई दिलाई भराइलिन पाउने कानूनले हक अधिकार प्रदान गरिराखेकोमा त्यस्तो व्यक्ति मरेपछि त्यस्तो हकअधिकार ऐनमा प्रष्ट व्यवस्था भएको हुनुबेगर हकवालामा सर्न सक्दैन र मृत व्यक्तिकै साथसाथै मर्छ । अधिकार आघात भएको व्यक्तिले नै नालिस गरी भराइलिन पाउने कानूनमा व्यवस्था भइराखेको, क्षतिपूर्तिमा अधिकार आघात भएको व्यक्ति मरेपछि उक्त अ.बं.२१८ नं.अनुसार हकवालाले दावी लिई नालिस गरी भराइलिन पाउने प्रश्नै आउँदैन । (प्रकरण नं. १७) (३) जसको अधिकार आघात भएको छ, उसैले मात्र क्षतिपूर्तिमा दावी गर्न पाउने भएमा नागरिक अधिकार ऐनको दफा १७ (१) को व्यवस्था नै विफल हुने भन्ने तर्क निरर्थक । जसको अधिकार आघात भएको छ, उसैले मात्र क्षतिपूर्तिमा दावी गर्न पाउने भएमा मृत व्यक्तिले क्षतिपूर्तिमा दावी गरी नालिस उजूर गर्न आउने अवस्थै नपर्ने हुनाले उक्त नागरिक अधिकार ऐनको दफा १२ बमोजिम ज्यान हरण हुन गएकोमा समेत क्षतिपूर्ति दिलाउने दफा १७ (१) को व्यवस्था नै विफल हुन जाने भन्नेतर्कको हकमा उक्त दफा १२ द्वारा प्रदत्त हक अधिकार आघातकै कुरालाई मात्र लिएर दफा १७ (१) को व्यवस्था भएको नभई नागरिक अधिकार ऐनको अन्य दफाहरू समेतद्वारा प्रदत्त हक अधिकार आघात भएकोमा त्यस्तो हक अधिकार आघात भएको व्यक्तिले क्षतिपूर्तिको दावी गर्न आउनसक्ने अवस्थालाई लिई सामुहिक रुपमा उक्त दफा १७ (१) को व्यवस्था भएको समेत हुनाले उपरोक्त कथनअनुसार दफा १७ (१) को व्यवस्था नै विफल हुन जाने भन्ने तर्क निरर्थक देखिन्छ । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 694 |
|---|---|
| मुद्दाको विषय | हर्जाना दिलाइपाउँ |
| निर्णय वर्ष / मिति | 2028/06/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी | माननीय न्यायाधीश श्री जयदेव भट्ट | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री हेरम्बराजको राय र आफूले गरेको कार्यको असर थाहा पाउनसक्ने चेतनशील व्यक्तिबाट भएको कार्यलाई सम्म गरेको भन्न सकिन्छ । अज्ञान अवस्थाको कार्यलाई गरेको भन्न हुँदैन जानी जानी दुर्घटनामा विमान पारी नोक्सान गराएको छ भन्ने व्यहोराको यो फिरादपत्र होइन । अभिप्रायसाथ केही काम गरेकोमा नोक्सानी परेकोलाई नै अधिकार आघात गरेको हुन्छ सम्पत्ति अपहरण गरिनेछैन भन्ने लवज ऐनमा परेको आ | माननीय न्यायाधीश श्री वासुदेव शर्माको राय भएको फुल बेञ्चको ०२३।३।११।६ को फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 694 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
