नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6937 · वि.सं. २०५७

नि.नं. 6937 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी मनबहादुर थापा वारदातको लगत्तै भागी वेपत्ता भै आफ्नो सफाई पेश गर्न सकेको देखिदैँन । जाहेरवाली छली थापाले लोग्ने र जेठाजु बीचमा अंश वेइज्जती मुद्दाहरु चलि बराबर झगडा हुने गरेको जेठाजु मनबहादुर थापाले लोग्ने मेगबहादुरलाई बन्चरोले टाउकोमा हानी कर्तव्य गरी मारेको भनी जाहेरी र अदालतमा आई बकपत्र गरेको पाइन्छ । शव परीक्षण प्रतिवेदन हेर्दा Cause of death is shock due to grievious injury of Brain भनी उल्लेख गरेको देखिन्छ । यसरी शव परीक्षण प्रतिवेदनबाट जाहेरीमा उल्लेखित घटना पुष्टि भैरहेको छ भने आफ्नो भाईको मृत्यु भएकोमा प्रतिवादी उपस्थित हुनुको सट्टा फरार रहेको अवस्था तथा मृतक र प्रतिवादी बीच मुद्दाहरु चलि बराबर झगडा भैरहेको परिस्थिति समेत विचार गर्दा प्रतिवादी निर्दोष रहेको कुरा पुष्टी हुन नआएकोले प्रतिवादी मनबहादुर थापालाई सर्वश्‍वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरु स्याङजा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6937
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2056/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6937
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्