नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6932 · वि.सं. २०५७
नि.नं. 6932 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सर्वमान्य फौजदारी न्यायको सिद्धान्त हो । यस सिद्धान्त अनुसार शंकाविहिन तरिकाबाट कसूर प्रमाणित गर्ने भार वादीमा रहन जान्छ । त्यस्तो परमाणको भार पुर्याउन नसके प्रतिवादीलाई कसूर र स्थितिको लाभ पुग्दछ भन्ने हो । प्रस्तुत मुद्दामा प्रतिवादी मन्जु श्रेष्ठले मट्टितेलको सिसीले हानी मट्टितेल पोखिन गई आगो लाग्न गई तारा श्रेष्ठको मृत्यु भएको वा जाडोको याममा रातको बखत हिटर ताप्दा आगो लाग्न गै मृत्यु भएको हो भन्ने दुवै अवस्था संलग्न प्रमाण परिबन्धबाट सम्भव हुन सक्ने देखिएको छ । यस्तो द्धिविधात्मक स्थितिमा नै शंकाको सुविधाको प्रसंग उठ्ने हुँदा यस मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतले शंकाको सुविधाको आधार समेतमा प्रतिवादीलाई सफाई दिने गरेको मिति २०४६।६।३० को इन्साफ मनासिव ठहर्छ । प्रतिवादी मध्येकी मन्जु श्रेष्ठलाई वादी दावी बमोजिम कसूरदार ठहर्याई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको २०५३।८।१० को फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्र.नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6932 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2057/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6932 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
