नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6931 · वि.सं. २०५७

नि.नं. 6931 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ इन्दु गद्दीको छोरा मोहमद इस्लाम १४।४।१९९६ मा मरेको भनी Death Certificate साथै राखी निवेदिकाले मुद्दा सकार गराई पाउँ भनी ३५ दिन भित्रै कपिलवस्तु जिल्ला अदालतमा निवेदन गरेको भन्‍नेमा विवाद छैन । मुलुकी ऐन अदालती बन्दोबस्तको ६२ को देहाय ३ मा ऐनले विगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनुपर्ने मुद्दाका म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति मरी वा बौलाहा वा वेपत्ता भएका मितिले बाटाका म्याद बाहेक पैतिस दिन भित्र निजको दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्ने अड्डामा हाजिर भै निवेदनपत्र दिएमा म्याद तारेख थामी मुद्दा सकार गराई दिनुपर्दछ भन्‍ने व्यवस्था गरेको पाइन्छ । त्यस्तै सोही महलको ७० नं. ले अख्तियारनामा लेखी अर्कालाई वारिस दिएकोमा जसको झगडा हो उसैले वा उ मरेपछि उसा दैयादारले आफै सकार गर्न वा पहिलेका वारिस बदली अर्को वारेस राख्‍न पाउँछ भन्‍ने व्यवस्था गरेको देखिन आउँछ । यसबाट परिरहेको सकार गराउनु पर्ने अवस्थामा मुद्दामा कोही मरी दैयादार हुँ भनी सकार गर्न आएको अवस्थामा सकार गराई दिनुपर्ने बाध्यात्मक व्यवस्था उल्लेखित कानूनी व्यवस्थाले गरेको देखिन आउँछ । यस परिप्रेक्ष्यमा थप प्रमाण पेश नगरेको बाध्यात्मक रुपमा दर्ता गर्नुपर्ने प्रक्रिया पूरा नगरेको भन्‍ने जस्ता आधार लिई पालना गर्नुपर्ने कार्यविधि पूरा नगरी गरेको विपक्षी श्रेस्तेदारको मिति २०५३।२।६, २०५३।२।१३ को आदेश र सो आदेश सदर गर्ने गरेको जिल्ला न्यायाधीशको मिति २०५३।४।११ को आदेश र पुनरावेदन अदालत बुटबलको मिति २०५३।८।७ को आदेशमा देखादेखि रुपको कानूनी त्रुटी विद्यमान रहेको देखिँदा उत्प्रेषणको आदेशद्बारा वदर हुने ठहर्छ । अब परिरहेको मुद्दामा निवेदिकालाई मुद्दा सकार गराई जे जो गर्नुपर्छ कानून बमोजिमका कार्यहरु गर्नु भनी विपक्षी श्रेस्तेदार समेतका नाउँमा परमादेश जारी हुने । (प्र.नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6931
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2057/02/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6931
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्