नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 692 · वि.सं. २०२९
नि.नं. 692 — लिखतपास जालसाजी किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दर्खास्तबाट वादी पक्ष बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई किनारा गर्न नमिल्ने । सु.वे.कृष्णबहादुर घर्ती क्षेत्रीले गरिदिएको ०१४।१२।२७।४ को राजीनामा रजिष्ट्रेशन पास गराई पाउँ भनी निवेदक डम्बरबहादुरको फिराद परेपछि सु.कृष्णबहादुर घर्ती क्षेत्रीबाट मैले ०१५।६।२१।३ मा रु. २५०१। मा राजीनामा पास गरी लिएको घर जग्गासमेत केही किल्ला र तिरोसमेत बढी देखाई निज कृष्णबहादुर आफ्नो भाइ डम्बरबहादुर मिली मेरो पासभन्दा अघिको घरसारको जालसाजी लिखतहरू खडा गरी सो लिखतहरू पास गरी पाउँ भन्ने नालिस गरेछन् भन्ने हल्ला गाउँघरमा सुनेकोले दर्खास्त गरेको छु लिखत कायम नहोस् भन्नेसमेत डि.सिद्धिभक्तको हुलाकद्वारा दर्खास्त परी सो को आधारमा निजलाई झिकाई पक्ष गराई कारवाई भएकोमा तत्काल प्रचलित अ.बं.१८१ नं.मा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिसलाई बुझ्दा कारणी देखिन आए प्रतिवादी सरह बनाई कारवाई गर्ने सम्म लेखिएको यसरी दर्खास्तबाट वादी पक्ष बनाई कारवाई गर्ने कानूनमा उल्लेख नभएकोमा सिद्धिभक्तलाई प्रतिवादी बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई सद्दे कीर्तेतर्फ किनारा गरेको नमिलेकोले त्यसतर्फ वादी र सिद्धिभक्तलाई सजाय गरेको मिलेन भनी डिभिजन बेञ्चको फैसलामा उल्लेख भएकोसम्म कानूनसङ्गत नै देखिन्छ । (प्रकरण नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 692 |
|---|---|
| मुद्दाको विषय | लिखतपास जालसाजी किर्ते |
| निर्णय वर्ष / मिति | 2028/11/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी | माननीय न्यायाधीश श्री जयदेव भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 692 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
