नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 690 · वि.सं. २०२९
नि.नं. 690 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दुवै पक्षले मानिआएको लिखत सद्दे कीर्तेमा सुनाउन नपर्ने । प्रस्तुत मुद्दामा वादी दावीको तीन खोर जग्गा आधि वादीको ससुरा वेनीप्रसाद र प्रतिवादीको बाबु महेश्वर २ भाइ अघि नै छुट्टिई भिन्न हुँदा वादीको ससुरा वेनीप्रसादको भागमा परी वादीको हक भएको भन्ने कुरा प्रतिवादीले पनि स्वीकारै गरेको पाइन्छ । महेश्वरको भाग आधि निजले ६३।३।७ मा बुद्धसागरलाई भोगबन्धकी दिएको पछि प्रतिवादीले निखनी लिएको भन्ने भनाई भएकोमा उक्त लिखत प्रमाणमा लगाउन अ.बं.७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनुपर्ने भन्ने तर्क उठाइएको हकमा उक्त बन्धकी लिखतलाई दुवैपक्षले मानिराखेकैले सद्दे कीर्तेमा सुनाउनुपर्ने अवस्था देखिँदैन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 690 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2029/02/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 690 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
