नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6880 · वि.सं. २०५७
नि.नं. 6880 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकलाई जीउ मास्ने बेच्ने मुद्दामा रसुवा जिल्ला अदालतबाट १० वर्ष कैद गरी २०४८।३।१० गते फैसला भए उपर उसै बखत परेको पुनरावेदन सदर हुन गएकोले पुनरावेदन गरे वापत सयकडा १०% ले थप सजाय १ वर्ष हुने गरी फैसला भई कैदी पूर्जिमा २०४६।१२।२८ देखि २०५७।१२।२७ सम्म थुनामा बस्नु पर्ने भनी कैदी पूर्जी दिएको र अ.वं.२०३ नं. खारेज भईसकेको अवस्थामा थप सजायमा बस्न नपर्नेमा बढी कैद वर्ष १ समेत कायम रहेकोले अन्याय परेको भनी प्रस्तुत रिट निवेदनमा उल्लेख भएको रहेछ । निवेदक विरुद्ध पहिले चलेको जीउ मास्ने बेच्ने मुद्दा सम्बन्धमा यस अदालतमा पर्न आएको २०५० सालको फौ.पु.नं.६८९।७२६ को पुनरावेदन २०५३।७।१९ मा किनारा हुँदा वादी श्री ५ को सरकार विरुद्ध डिल्लीबहादुर थापा र रामबहादुर दमाई विरुद्ध श्री ५ को सरकार भएको दुईवटा पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट मिति २०४९।१२।१२।३ मा फैसला गरी डिल्लीबजार थापाको हकमा केही निर्णय नगरी छुटाएको देखिन्छ । एउटै मुद्दामा पर्न आएको दुईवटा पुनरावेदन मध्ये एउटाको हकमा केही नबोली छुटाएकोले वदर भई दुवै पुनरावेदनहरुमा कानून बमोजिम ठहर गर्नु भनी निर्णय भईरहेको अवस्थामा निवेदन जिकिर बमोजिम अ.वं. २०३ नं. बमोजिम थप कैद भएको भनी मान्न नमिलेबाट प्रस्तुत निवेदन खारेज हुने । (प्र.नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6880 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2057/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6880 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
