नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6878 · वि.सं. २०५७
नि.नं. 6878 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यसमा निवेदिकाको छोरा बसन्त कुमार प्रधानको नाममा मिति २०४६।४।१६ मा ऋण लिँदा आफ्नो नाममा रहेको घरजग्गा धितोबन्धकको लागि जमानी बस्नु भई धितो लिखत पारित भएकोमा विवाद देखिएन । निवेदिकाको छोरा बसन्त कुमार प्रधानले मिति २०४७।१२।५ मा लिएको ऋण असूल उपर हुन नसक्दा अघिल्लो पटक अर्थात मिति ०४६।४।१६ मा धितोबन्धकको लागि जमानी बसी धितो लिखत पारित भएको आधारमा निवेदिकाको घर जग्गा लिलाम बिक्रीको लागि सूचना प्रकाशित गरिएको भन्ने लिखित जवाफबाट देखिन्छ । मिति २०४७।१२।५ मा निवेदिकाको छोराले बैंकबाट ऋण लिँदा यो यस्तो जग्गा धितोबन्धकमा पारित भई रोक्का रहे भएको थियो भनी बैंकले लेख्न खुलाउन सकेको पनि देखिएन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(ग) अनुसार बैंकले ऋणीलाई कर्जादिँदा बैंकलाई मान्य तेश्रो व्यक्तिको चल अचल सम्पत्ति धितो लिई वा बैंकको हित सुरक्षण हुने गरी बैंक र जमानी हुने व्यक्तिको बीचमा भएको सम्झौताको शर्तको आधारमा ऋण दिन सक्ने छ भन्ने कानूनी व्यवस्था भईरहेकोमा निवेदिकाले मिति २०४६।४।१६ मा जारी दिएको धितो बन्धकको जमानी मिति २०४७।१२।५ मा छोराले लिने बैंकसँगको ऋण समेतलाई हुने गरी धितोबन्धक जमानी दिएको हो भनी अर्थ गर्न मिलेन । तसर्थ निवेदिका आफूले वा छोराको लागि बैंकसँग ऋण लिँदा जति ऋण बराबर जमानी बसेको हुन्छ त्यति ऋणमा मात्र निवेदिकाको दायित्व हुने हो । ऋण लिँदा दायित्व नबोकेको सम्पत्तिमा निवेदकको दायित्व नहुने हुँदा निवेदिकाको आफ्नो कि.नं.१३९१ को घर जग्गा धितोबन्धक जमानीको लागि स्वीकृती नदिएको अवस्थामा पनि सो घर जग्गा रोक्का राखी लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरे लगायतका सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले वदर हुने । (प्र.नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6878 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2056/12/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री भैरव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6878 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
