नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6871 · वि.सं. २०५७
नि.नं. 6871 — लागु औषध हेरोइन बिक्री वितरण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यी प्रत्यर्थी प्र.वीरेन्द्र साई एवं भुवन कुमार साई उपर वादी श्री ५ को सरकारको तर्फबाट अभियोग दायर हुँदा ऐनको दफा १४(१)(ग) र (घ) अनुसार सजायको माग दावी लिई अभियोग दायर गरेको देखिएता पनि निजहरुले उक्त लागु औषध हेरोइन बिक्री वितरण गरे भन्ने कुराको विश्वास गर्न लायक ठोस प्रमाणको अभाव देखिनुको साथै प्र.वीरेन्द्र साई र प्र.भुवन साईको साथबाट ४।४ पुरिया अर्थात ४००।४०० मिलिग्राम मात्र बरामद भएको देखिएबाट पनि निजहरुलाई लागु औषध हेरोइन बिक्री वितरण कारोबार समेत गरेको ठहर गरी बिक्री वितरण र कारोबारमा समेत सजाय गर्नु कानून र न्यायसंगत नहुँदा निज प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सेवन सम्म गरेको ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०४९।५।३१ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6871 |
|---|---|
| मुद्दाको विषय | लागु औषध हेरोइन बिक्री वितरण । |
| निर्णय वर्ष / मिति | 2057/02/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6871 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
