नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6864 · वि.सं. २०५७

नि.नं. 6864 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदक विपक्षी नगरपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता र अन्य सुविधा पाउने गरी नियुक्ति पाएको कुरामा विवाद देखिएन । यस्ता कर्मचारीहरुलाई नगरपालिका ऐन, २०४८ को दफा ७३(३) अनुसार नियुक्ति, सरुवा, वढुवा र वर्खास्ती गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ । निवेदकको नियुक्ति २०५३।१२।१२ मा भएको र निजले अवकाश पाउँदा तोकिएको एक वर्षे परीक्षणकाल समेत समाप्त भएको अवस्था देखिएन । साथै नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम १०(३) मा नियुक्ति गर्ने अधिकारीले अवकाश दिन सक्ने कानूनी व्यवस्था भएको र निवेदक कर्मचारी परीक्षणकालमा रहे भएकै समयमा मिति २०५४।३।२४ को नगरपालिकाको वैठकले नगरपालिकाको मौजुदा कर्मचारी संख्या आवश्यकता भन्दा बढी भै प्रशासनिक खर्च समेत बढी देखिन गएकोले प्रशासनिक खर्चलाई कटौति गरी नगरपालिकाको श्रोतलाई बढी भन्दा बढी विकास कार्यमा लगानी गर्ने भन्‍ने नीतिगत निर्णय अनुसार नगरपालिकाले निवेदकलाई अवकाश दिएको देखिन्छ । नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम २३ र २४ अनुसार सफाई पेश गर्ने मौका दिनु पर्ने एवं स्पष्टीकरण लिनु पर्नेमा त्यस अनुसार नगरपालिकाबाट केही गरिएन भन्‍ने निवेदकको जिकिरको सम्बन्धमा हेर्दा सम्वत २०५० सालको रिट नं. ३१८० निवेदक उषा चिपालु विरुद्ध श्री महेन्द्र प्रकृति संरक्षण कोष समेत भएको उत्प्रेषण मुद्दामा यस अदालतबाट मिति २०५२।१०।९ मा परीक्षण कालमा रहेको कर्मचारीलाई सफाईको मौका दिनु पर्ने बाध्यात्मक व्यवस्थाको अभावमा त्यस्तो कर्मचारीलाई नोकरीबाट अवकास दिएको कार्यलाई अनधिकृत भन्‍न मिल्ने देखिएन भन्‍ने सिद्धान्त कायम भएको देखिन्छ । रिट निवेदक परीक्षण कालमा रहे भएको देखिँदा सफाई पेश गर्ने मौका दिई अवकास दिनुपर्ने हो भनी भन्‍न मिल्ने देखिएन । तसर्थ नगरपालिकाले आफ्नो अधिकार क्षेत्र अन्तर्गतको अधिकार प्रयोग गरी निवेदकलाई दिएको अवकाश कानूनसम्मत नै हुँदा निवेदकको निवेदन जिकिर पुग्न नसक्ने । (प्र.नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6864
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2056/11/13
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6864
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्