नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6863 · वि.सं. २०५७

नि.नं. 6863 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यसमा व्यवस्थापनबाट निवेदकलाई सेवाबाट हटाए उपर निजले श्रम ऐन, २०४८ को दफा ६०(ग) बमोजिम श्रम अदालतमा पुनरावेदन गर्नुपर्नेमा नगरी निज पुनरावेदन अदालत पाटनमा परमादेश निषेधाज्ञा निवेदन लिई गएको र त्यसपछि मात्र श्रम कार्यालयमा उजुरी लिई गएकोमा सो कार्यालयबाट निजलाई पुनर्वहाली गरेको देखियो । निवेदक व्यवस्थापकले सेवाबाट हटाएको सजाय उपर उपयुक्त दफा ६०(ग) बमोजिम श्रम अदालतमा नगै श्रम कार्यालयमा गएको नै अधिकारक्षेत्रात्मक त्रुटी देखियो । व्यवस्थापकको सजाय उपरको कर्मचारीको निवेदन श्रम कार्यालयमा लाग्न सक्ने नदेखिँदा त्यस्तो निवेदन लिई गरेको श्रम कार्यालयको निर्णयमा अधिकारक्षेत्रात्मक त्रुटी रहेको देखियो । व्यवस्थापकले कर्मचारीलाई सजाय गरे उपर श्रम ऐन, २०४८ को दफा ६०(ग) बमोजिम श्रम अदालतमा कर्मचारीको पुनरावेदन लाग्ने व्यवस्था रहेको देखिन्छ । तर व्यवस्थापकलाई सो हक प्रदान गरेको छैन । सो सम्बन्धमा सम्वत २०५१ सालको रि.पु.इ.नं.५१ होटल सोल्टी ओभरायका तर्फबाट राजीकोल समेत विरुद्ध पुनरावेदन अदालत पाटन समेत भएको उत्प्रेषण मुद्दामा व्यवस्थापन पक्षलाई पुनरावेदनको हक नहुने भन्‍ने पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त देखिँदा व्यवस्थापनको श्रम अदालतमा पुनरावेदन लाग्न सक्ने देखिएन । श्रम अदालतले अधिकारक्षेत्रात्मक त्रुटी रहेको श्रम कार्यालयको निर्णय खारेज गरेको सम्म मनासिव छ तापनि श्रम अदालतलाई प्रस्तुत विवादको व्यवस्थापनको पुनरावेदन सुन्‍ने अधिकार नहुंदा श्रम अदालतको फैसला पनि कानूनसम्मत देखिएन । तसर्थ श्रम कार्यालय काठमाडौंले मिति २०५३।८।९ मा गरेको निर्णय र सो निर्णय उपरको व्यवस्थापनको पुनरावेदनमा श्रम अदालतबाट मिति २०५४।१२।२६ मा भएको फैसला समेत दुवै उत्प्रेषणको आदेशले वदर हुने । (प्र.नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6863
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2056/09/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6863
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्