नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6862 · वि.सं. २०५७
नि.नं. 6862 — नापी दर्ता वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको कि.नं.३४० को जग्गा मिति २०४२।३।१७ मा नापी हुँदा गौचरण जनिई नापी भएको देखिन्छ । वादी तर्फबाट विवाद उठी झगडा जनाइएको सम्म पनि देखिन आउदैँन । सो जग्गालाई प्रतिवादी तर्फबाट ७ नं. फाटवारी भर्दा गौचरण जनाइएको भन्ने वादीतर्फको जिकिर रहेको देखिन्छ । प्रतिवादी मध्येको कमलापतिले मिति २०२३।१२।१४ मा ७ नं. फारम भरेकोमा प्रधानपंचको हैसियत उल्लेख गरेको पाइन्छ । प्रधानपंचको हैसियतबाट भए गरेको कार्यको सम्बन्धमा तत्कालिन प्रचलनमा रहेको गाउँ पंचायत ऐन, २०१८ को दफा ७१ को कार्यविधि पूरा गरी फिराद गरेको समेत देखिन आउदैन । निज प्रधानपंच कमलाकान्तले गौचरणमा राखी दिएको भन्ने व्यहोरा ७ नं. फाराममा उल्लेख गरेको आधारमा निजलाई समेत पक्ष कायम गरी नापीले मिति २०४४।१०।२४ मा निर्णय गरेको देखिन्छ । सोही आधारमा पक्ष विपक्ष भएको भनी व्यक्ति विशेष उपर प्रधानपंचको हैसियतले गरिएको कार्यको सम्बन्धमा के कुन कानूनी आधारमा नालिश गर्न पाउने हो वादीले सो खुलाउन सकेको समेत देखिन आउदैन । तसर्थ प्रस्तुत नालिश खारेज हुने । (प्र.नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6862 |
|---|---|
| मुद्दाको विषय | नापी दर्ता वदर |
| निर्णय वर्ष / मिति | 2057/01/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6862 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
