नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6861 · वि.सं. २०५७

नि.नं. 6861 — लागू औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी कुमार लामालाई लागू औषध (नियन्त्रण­) ऐन, २०३३ को दफा ४(१)(ग) अनुसार सजायको दावी भएकोमा प्रतिवादी प्रहरी समक्ष बयान गर्दा कसूरमा सावित भै बयान गरे पनि अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरेको पाइन्छ । प्रतिवादीबाट बरामद भएको दशी स्वरुप प्राप्त भएको २ ग्राम लागू औषध बरामद भएको भनिएको बरामदी मुचुल्काको रोहवरमा बस्ने कुनै पनि प्रहरी कर्मचारी अदालत समक्ष उपस्थित भै बरामद मुचुल्कालाई पुष्टि हुने गरी बकपत्र गरेको देखिंदैन । सो मुचुल्कामा बस्ने राजेश श्रेष्ठ र सदनकुमार झाले अदालतमा उपस्थित भै बकपत्र गर्दा बरामद भएको भनेको लागू औषध प्रतिवादी कुमार लामाबाट बरामद भएको देखेको होइन, प्रहरीले साक्षी बसी दिनुहोस भनेकोले सही गरी दिएको सम्म हो भनी लेखाई दिएबाट उक्त बरामदी मुचुल्का नै संदिग्ध अवस्थाको देखिँदा त्यस्तो संदिग्ध अवस्थाको बरामदी मुचुल्कालाई प्रमाणमा ग्रहण गर्न मिल्ने अवस्था देखिएन । प्रतिवादीको अदालतको इन्कारी बयान निजको साक्षीहरुबाट समर्थित भएको देखिन्छ । यसरी प्रहरी समक्ष कसूरमा सावित भई गरेको प्रतिवादीको बयान शंकारहित तवरबाट पुष्टि हुने कुनै भरपर्दो प्रमाणको अभावमा संदिग्ध अवस्थाको बरामदी मुचुल्काको भरमा प्रतिवादीलाई कसूरदार ठहराउन न्याय संगत हुने नदेखिँदा प्रतिवादी कुमार लामालाई कसूरदार ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला पुनरावेदन अदालत पाटनबाट उल्टी गरी प्रतिवादीलाई सफाई दिने ठहराएको इन्साफ मनासिव हुँदा सदर हुने । (प्र.नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6861
मुद्दाको विषयलागू औषध
निर्णय वर्ष / मिति2057/01/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6861
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्