नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6860 · वि.सं. २०५७
नि.नं. 6860 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत मुद्दा वादी राजु लामिछाने र निजको बाबु प्र.दिलबहादुर लामिछाने अंशवण्डा नभएका संगोलका अंशियार भै प्र.दिलबहादुरले संगोलको सम्पत्ति बिक्री गर्दा वादी राजु लामिछानेको मंजुरी नलिएको कारण लेनदेन व्यवहारको १० नं. बमोजिम आधा बिक्री वदर गरी पाउनु पर्ने भन्ने मुख्य दावी भएको र उक्त लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा बाहेक अरुमा संगोलका अंशियारको मंजुरी लिनु पर्ने भन्ने व्यवस्था गरेको र अंशवण्डाको १९(१) मा पिता पुर्खाका पालाको अचल सम्पत्तिमा आधा भन्दा बढी व्यवहार चलाउनै परेपनि २१ वर्ष नाघेका स्वास्नी छोरा समेतको मंजुरी लिनु पर्ने भन्ने व्यवस्था भएको पाइन्छ । फिराद पत्रमा वादीले आफ्नो उमेर १७ वर्ष देखाएका र २१ वर्ष ननाघेका छोरा अर्थात यी वादीको मंजुरी लिनु पर्ने बाध्यता एकाघरका बाबुलाई नभएको साथै उल्लेखित नजिरका मुद्दाहरुको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा नै भिन्नता देखिएको अवस्थामा उक्त प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकृष्ट हुन सक्ने नदेखिँदा विद्बान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ आफ्नो हकको जग्गा बिक्री गर्दा २१ वर्ष नपुगेका सगोलका छोराको मंजुरी लिइरहनु नपर्ने हुँदा शुरुको इन्साफ उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहरिएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6860 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2056/06/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6860 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
