नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 686 · वि.सं. २०२९
नि.नं. 686 — ज्यान डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकोलाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न नमिल्ने । ३ घरको डाँका र ज्यान मारिएको एउटा मुद्दाबाट तहकिकात गर्न मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा अ.बं.का ७२ नं.ले जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटा झगडाका विषयको कुरा लेखी ल्याएको भए एउटा मुद्दाबाट तहकिकात गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । डाँकाहरुले एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकालाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न मिलेन एउटै झगडाको विषयको मुद्दा देखियो । (प्र.नं. १५, १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 686 |
|---|---|
| मुद्दाको विषय | ज्यान डाँका |
| निर्णय वर्ष / मिति | 2028/08/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ब्रहृमदत्त तिवारी | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 686 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
