नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6859 · वि.सं. २०५७
नि.नं. 6859 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नगरपालिका ऐन, २०४८ को दफा ५६(१) मा उजूर गर्ने व्यवस्था भए अनुरुप निवेदकले विवाद देखाई उजुर गरेको अवस्थामा अदालतबाट हक कायम गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्ने भन्ने नगरपालिका ऐन, २०४८ को दफा ५७(३) मा प्रष्ट व्यवस्था रहेको र सोही अनुसार सर्वोच्च अदालतबाट सिद्धान्त समेत प्रतिपादित भईरहेको पाइन्छ । प्रस्तुत नक्सा पास सम्बन्धी विवादमा मुद्दा नपरेको अवस्थामा तेरो मेरो तर्फ अदालतमा जान सुनाउनु पर्ने भन्ने कानूनी प्रावधान रहेकोमा मुद्दा परी अदालतको विचाराधिन रहेको अवस्थामा नक्सा पास गर्न नहुने प्रष्ट कानूनी व्यवस्थाको विपरीत काठमाडौं महानगरपालिकाले मिति ०५४।१।१० गतेमा विवादित जग्गामा घर बनाउन नक्सा पास गरेको कानून अनुरुप भएको देखिन आएन । तसर्थ मिति २०५४।१।१० मा काठमाडौं महानगरपालिकाले नक्सापास गर्ने गरेको निर्णय उत्प्रेषणको आदेशद्बारा वदर हुने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6859 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2056/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6859 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
