नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6858 · वि.सं. २०५७

नि.नं. 6858 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादीहरु अंशियार भएकोमा कुनै विवाद देखिंदैन । २०३८ सालमा नापी हुँदाका बखत समानुपातिकको रुपमा वाँडी आ-आफ्ना नाममा नापी दर्ता गराएको भन्‍ने दावी लिएपनि वादी प्रतिवादी बीच त्यस्तो वण्डा भएको भए रीतपूर्वक वण्डा पत्र रजिष्ट्रेशन पारित गर्नुपर्ने हुन्छ । सो भएको देखिन आउँदैन । विबन्धन कानूनी बुँदामा लागु नहुने हुँदा प्रस्तुत विवादमा निस्सा दिँदा आधार लिइएको नजिर समेत विवादसँग मिल्दोजुल्दो देखिंदैन । निजी आर्जनको निजी सम्पत्ति आफूखुस गर्न पाउनेमा पनि निजी आर्जनको जिकिर लिनेले त्यसको पुष्टी हुने यथोचित प्रमाण गुजार्न सक्नु पर्छ । त्यस्तो सुस्पष्ट प्रमाण दाखिल गर्न सकेको समेत देखिन आएन । तायदातीमा उल्लेखित साहुको ऋणको सम्बन्धमा ऋणको हकमा साहुको नालेश परेको बखत ठहरे बमोजिम हुने भनी शुरु फैसलामा उल्लेख भएको देखिँदा ऋणको हकमा फैसलाले बोल्दै नबोलेको भन्‍न नमिल्ने । (प्र.नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6858
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2056/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6858
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्